कैलास बाबाको दर्शनमा लालायीत गर्विलो यात्रा….

देवका पनि देव आराध्य देव महादेव र माता पार्वतीको बासस्थान नै कैलाश पर्वत हो । विष्णु पुराणमा व्याख्या गरे अनुसार यस पर्वतका चार मुखहरू स्पटिक, रुबी, निलम र स्वर्ण श्रृंगारको प्रतिकको रूपमा सुस्वभित मुद्रामा रहेको छ ।

६ वटा पर्वत हिमश्रृंखलाहरूको बीचमा अवस्थित रहेको यस पवित्र पर्वतलाई कमलको फूलको प्रतिक पनि मानिन्छ । समुद्र सतहदेखि २१७७८ फिटको उचाई र ५२ कि.मी. परिधिमा फैलिएको यस कैलाश पर्वत आकाश र धर्ती बीचको सम्बन्धको विन्दु रहेको मान्यता छ ।

कैलाश मानसरोवर क्षेत्र विश्व आध्यात्मिक जगतको केन्द्र, जहाँबाट ओमकार ध्वनि प्रादुर्भाव भई विश्व आध्यात्मिक जगतलाई निर्देशित गर्दछ । कैलाश मानसरोवरमा प्रकाश तरड्डको र ध्वनि तरड्डको संगम भई जहाँबाट ॐकारको प्रति ध्वनि श्रवण गर्न सकिन्छ ।

पौराणिक कथा अनुसार यस महारातीको पवित्र क्षेत्रलाई धनका मालिक कुबेरका नगरी रहेको मानिन्छ । जहाँबाट निस्किएको भगिरथ गंगा कैलाश पर्वतको ९चरण स्पर्श० धर्तीमा जल प्रवाह हुँदै, मानव सृष्टि र सभ्यताको शुरुवात गर्दछ ।

विश्वको आध्यात्मिक जगतको केन्द्र कैलाश पर्वत श्रृंखलाबाट निस्कने ४ नदी प्रवाह सिन्धु, सतलज, ब्रम्हपुत्र र कर्णाली नदीले विश्व जगतलाई ४ भागमा विभाजन गरेको छ ।

हिन्दु धर्म अनुसार यस कैलाश पर्वतलाई एक पूरक प्रदिक्षणा (परिक्रमा) गर्दा जीवनको एक चक्र बराबरी, १२ पटक प्रदिक्षणा गर्दा पछिल्लो जन्म सहितको पाप समेत नाश हुने र १०८ पटक प्रदिक्षणा गर्दा मानव जीवनबाट नै मोक्ष (निर्भाण) प्राप्त भई भगवात लिन वा भगवत्व प्राप्त हुनेछ भन्ने पौराणिक मान्यता रहेको छ ।

पौराणिक कथन अनुसार देवगण, ऋषि गण, राक्षस गण, रावण, भस्मासुर, अन्धकासुर आदिले यही कैलाश मानसरोवरमा तपस्या गरी वरदान प्राप्त गरेका थिए ।

कैलाश पर्वत हिन्दु धर्मावलम्बीहरूको पवित्र धार्मिक स्थल मात्र नभई बौद्ध, जैन र सिख धर्मावलम्बीहरूको पनि पवित्र तपोभुमि रहँदै आएको छ । बौद्ध धर्मावलम्बीहरू खाङरिन्पोछे र जैन धर्मावलम्बीहरू मेरु पर्वतका नामले पुकार्ने गर्दछन् जैन धर्मका पहिला तिर्थकर र सिख धर्मका गुरु नानकले पनि भूमिबाट कठिन तपस्या गरी मोक्ष प्राप्त गरेका थिए ।

यसरी हेर्दा कैलाश पर्वत आध्यात्मिक दृष्टिले बहुधार्मिक पवित्र देवः तपोभूमि रहँदै आएको छ । भ्रमणमा निस्कने विश्वका हजारौं यात्रीहरू धार्मिक आस्थाले हो या जिज्ञासाले अत्यन्तै अभिरुचीका साथ लिने भएकोले यो यात्रा महत्वपूर्ण र प्रसिद्ध रहीआएको छ । विशेष ॐ ओमकार परिवारका सदस्यहरूले विशेष अभिरुचिका साथ कैलाश मानसरोवरको यात्रा गर्ने गर्दछन् ।

मानसरोवर ताल

विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित पवित्र जलको भण्डार रहेको ताल नै मानसरोवर हो । पौराणिक कथन अनुसार अमृत सरह मिठास भएको यस पवित्र जलको उत्पत्ति, जगतको सृष्टिकर्ता स्वयम् ब्रम्हाजीले भगिरथको तपस्याबाट खुसी भई मानसरोवर सृष्टि गर्नुभएको थियो ।

यस मानसरोवर सृष्टिसँगै विश्व जगतको सृष्टि निर्माणको शुरु यहिँबाट भएको भनिन्छ । मानसरोवर शब्द मानस तथा सरोवरबाट बनेको शब्द हो जसमा मानसको अर्थ मनको सरोवर भन्ने बुझिन्छ ।
समुद्र सतहबाट ४५५९ मी। उचाईमा रहेको यस पवित्र सरोवरको क्षेत्रफल ३२० वर्ग कि।मी। फैलिएको छ । यो सरोवर कैलाश पर्वतबाट ४० कि।मी। दक्षिण दिशामा रहेको छ । यो ताल क्षेत्रमा र भगवान विष्णुको बास स्थान हो भन्ने रहेको छ ।

गर्मी याममा सरोवरबाट हिउँ पग्लेर जल बन्ने अवस्थामा डमरुको ध्वनिको आवाज सुन्न सकिन्छ । यस सरोवरमा बिहान ३ बजेदेखि ५ बजेसम्मको प्रातःकालिन समयको स्नान प्रभावकारी हुन्छ भन्ने कुरा धार्मिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ ।

कैलाश पर्वत भगवान शिवशंकर र मानसरोवर माता पार्वतीको प्रतिकको रूपमा लिइन्छ । देवी देवताहरू, सप्तऋषिहरू मानसरोवरमा अलौकिक प्रकाश भएर ब्रम्ह मूर्तमा आउने गर्दछन् ।

मध्यरातको समयमा माता पार्वती तारा ९प्रकाश० को भेषमा स्वयम् मानसरोवर तालमा प्रकट हुन्छिन् । आज पनि हजारौं भाग्यमानी यात्रीहरू खाली यो अलौकिक दृष्यको अवलोकन गर्न कहिल्यै छुटाउँदैनन् ।

मानसरोवर तालमा तेत्तीस सागरको अवशेष अर्थात जुन १ महासागर बराबरको गुण रहेको छ, अलौकिक गुण र शक्तिको भण्डार रहेको यस सरोवरमा अदृश्य कल्पवृक्ष रहेको र जस वृक्षमा आरोग्यताको लागि सम्पूर्ण गुण रहेका शास्त्रमा समेत वर्णन गरिएको छ ।

योग ध्यान गर्नेहरूले एकाग्र भएको खण्डमा यहाँ अज्ञात हलचल भएको महसुस गर्न सकिन्छ । मानसरोवरमा एकपटक डुबुल्की मार्दा सात जन्मको पाप नष्ट हुने र जल सेवन गर्नाले शिवत्त प्राप्त गर्छ भन्ने शास्त्रमा उल्लेख छ ।

मानसरोवरको ताल सँगै रहेको राक्षस ९रावण० ताल जसमा लंकाका राजा, (शिवको महान भक्त) रावणले घोर तपस्या गरी भगवान शिवबाट अमरोत्व प्राप्त गरेका थिए ।

यहाँ कुनै पनि मानव, जीवजन्तु वा देवगणहरू प्रवेश गरे पुनः पापको सागरमा डुब्नेछ भन्ने मान्यता छ । यही अशुद्ध सरोवर हुँदै बग्ने भएकोले आज पनि कर्णाली नदीको पूजा गरिँदैन ।

शब्द साभार : नमस्ते होलिडे टूर्स एण्ड ट्राभल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here