अनिसा महर्जन बनिन् डोपर चेन्जमेकर २०१९, पाइन् २ लाख पुरस्कार

काठमाडाैं, २ असार । नेपालमा प्रत्येक दिन २,७०० केजी प्लाष्टिक फोहोरको उत्पादन हुन्छ जसमध्ये ८०५ डम्पिङ साइटहरुमा र जताततै फालिन्छ र हाम्रो पर्यावरणमा छरिएर हाम्रो माटो तथा पानीको श्रोतहरुलाई प्रदुषित गर्दछ ।

नयां सोच र अवधारणाहरुमार्फत युवाहरुले नेतृत्व लिई यस्ता वातावरणीय समस्याहरु समाधान गर्नमा महत्वपूर्ण भुमिका खेल्नसक्छन् । यहि सोचका साथ नेपालमा दिगो विकास प्रवर्धन गर्दै प्लाष्टिक झोला प्रतिबन्ध गर्ने अभियानलाई सफलतापुर्वक नेतृत्व गरेको हिमालयन क्लाईमेट इनिसिइटिभले डोपर नामक डच फाउन्डेसनसंगको सहकार्यमा यो च्यालेन्जको आयोजना गरेको हो ।

पानी व्यवस्थापनको मौलिक संस्कृतिलाई प्रवर्धन गर्ने उदेश्यले पाटन दरबार स्क्वयारको हिटी (ढुंगेधारा)मा डोपर चेन्जमेकर च्यालेन्ज २०१९ को फाइनल प्रतियोगिता आयोजना भयो ।

२५० भन्दा बढी प्रतियोगीबाट छानिएर आएका फाइनलमा पुगेका १० युवाहरुले प्लाष्टिक तथा पानी प्रदुषणको समस्या कम गर्ने आफ्नो समाधान प्रस्तुत् गरेका थिए ।

ललितपुर महानगरपालिकाकाी उपमेयर गिता सत्यालले सो अवसरमा भनिन्, ‘युवाहरु र उनीहरुसंगै नयां सोच र नयां समाधानमा काम गर्ने जनशक्ति नेपालबाट दिनदिनै पलायन भईरहेको अवस्थामा नेपालका प्रमुख वातावरणीय समस्याहरु समाधान गर्न लागिपरेका युवाहरुको नयां सोच, नयां समाधान र दृढ अठोटबाट म निकै प्रभावित भएको छु । यी समाधानहरुलाई व्यवहारमा, कानुनमा लागु गर्नका लागि म आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु ।’

हिमालयन क्लाईमेट इनिसिइटिभकी प्रमुख कार्यकारी शिलशिला आचार्यले भनिन्, ‘प्लाष्टिकको अत्यधिक प्रयोगका कारण निम्त्याएको विकराल समस्या र जलवायु परिवर्तनको कारण बढ्दै गएको पानीको संकट र त्यसका नकारात्मक असरहरुबाट उत्पन्न् समस्या समाधान गर्ने काम हाम्रो पुस्ताको सबैभन्दा ठुलो लडाई हो र यो लडाई जित्नका लागि हामी हरेक युवाहरुलाई तयार पार्न कटिबद्ध छौं ।’

निर्णायक समितिमा रहेका हिमालयन क्लाईमेट इनिसिइटिभकी प्रमुख कार्यकारी शिलशिला आचार्य, हिमालयन क्लाईमेट इनिसिइटिभका सहसंस्थापक अनिल चित्रकार, पानी तथा माटो विशेषज्ञ डा. रोशन मान बज्राचार्य, स्मार्टपानीका सहसंस्थापक सुमन शाक्य, र डोपर फाउन्डेसनका रोज स्पेकमेन र लेनी हावर्टले आइडियाहरुलाई नयाँपन, उनीहरुको आइडियाले समाजमा पार्न सक्ने सकारात्मक प्रभावको आधारमा मुल्यांकन गरिएको थियो ।

काठमाण्डौको सहरी क्षेत्रमा प्रत्येक बर्ष मनसुनमा हुने बाढीको समस्या समाधान गर्नेअवधारणासहित अनिसा महर्जनले रु २ लाख नगदसहित ‘डाेपर चेन्जमेकर २०१९’ काे को उपाधि जितिन् भने प्लाष्टिकको कुहिन सक्ने विकल्प उत्पादन गर्ने अवधारणासहित दोस्रो हुने अमृता सिग्देल र तेस्रो हुने गौरव ढुंगाना, सन्देश राजभण्डारी र आस्रफ प्रधानाको समुहलाई १ लाख २५ हजार र उत्कृष्ट १० का बांकी बिजेताहरुलाई ७५ हजारका दरले पुरस्कार प्रदान गरियो ।

साेहि दिन विश्वका अन्य ३ शहरहरु लन्डन, एम्सटरड्याम, बर्लिनमा पनि एकैसाथ यो च्यालेन्जको फाइनल प्रतियोगिता आयोजना गरियो ।

उत्कृष्ट १० प्रतियोगिहरुलाई पुरस्कार राशिका साथै विज्ञहरुसंग सहकार्य गर्न, आफ्नो समाधानको बारेमा प्रचार प्रसार गर्न र यसलाई अन्तरराष्ट्रिय स्तरमा पुराउन हिमालयन क्लाईमेट इनिसियटिभ, डोपर फाउन्डेसन तथा साझेदार संस्थाहरु स्मार्ट पानी, सेराड, ब्लिंक भेन्चर्सद्वारा सहयोग प्रदान गरिनेछ ।

डोपर फाउन्डेसनकी संस्थापक मेरिन ईभार्टस्ले भनिन्, ‘हाम्राे यो विश्वास छ कि आजको युवाहरुले ल्याउने नयाँ सोच र खोजहरुसहितका समाधानले हामी सबैलाई अचम्मित पार्न सक्छन् । यो च्यालेन्जमार्फत हामी युवाहरुलाई समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्षम बनाउन चाहन्छौं ।

अहिलेको दुई प्रमुख वातावरणीय समस्या भएर पनि खानेपानी तथा प्लाष्टिक प्रदुषणको समस्या तथा समाधानको बारेमा पर्याप्त खोज तथा अनुसन्धान नभएकाे डोपर तथा हिमालयन क्लाईमेट इनिसिइटिभ दुवैको मान्यता छ ।

यस च्यालेन्जमार्फत विद्यार्थीहरुलाई खानेपानी तथा प्लाष्टिक प्रदुषण गरी दुई प्रमुख वातावरणीय समस्या समाधान गर्नेबारे अनुसन्धान गर्नमा युवाहरुलाई सहभागी गराउनाले यी दुई समस्याहरुबारे युवाहरुलाई सचेत बनाउन तथा उनीहरुकै नेतृत्वमा यी समस्याको छिटो समाधान खोज्न मदत पुग्नेछ भन्ने विश्वास दुवै संस्थाले लिएका छन् ।

विद्यार्थीहरुलाई खानेपानी या प्लाष्टिक प्रदुषणको क्षेत्रमा आफ्नो करियर सुरुवात गर्न प्रेरित गर्ने उदेश्यले स्नातक वा स्नातकोत्तर तहका अन्तिम बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई यो सहयोग प्रदान गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here