सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ६ भदौ । आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेको हो ।

शुक्रबार प्रतितोला ९१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँ घटेर प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य पनि घट्यो । आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर प्रतितोला ११८० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here