रातिको खाना खाएपछि हिड्दा हुन्छन् यस्ता आश्चर्यजनक फाइदा

काठमाडौं । दैनिक जीवनमा अत्यन्तै व्यस्त रहने मानिस सामान्यतया व्यायाम गर्न समय निकाल्न सक्दैनन् ।

यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पार्ने गर्छ । नियमित रूपमा जिम जान नसक्ने, खेलकुदमा भाग नलिने तथा व्यायामको लागि समय निकाल्न नसक्ने भएमा रातको खाना खाएपछि केही समय हिँड्नाले शरीरका लागि फाइदाजनक हुन्छ ।

खानापछि हिँड्नाले खाना खाने समय र सुत्ने समयबीच अन्तर बढाउँछ, जुन अत्यन्त जरूरी हुन्छ । खाना खाएपछि हिँड्नाले शरीरलाई अधिक ग्यास्ट्रिक एन्जाइम उत्पादन गर्न र पेटलाई यो अवशोषित पोषक तत्वहरू लिन अनुमति दिन्छ । जसले पाचनमा सुधार ल्याइ पेट फुल्ने तथा कब्जियतको समस्या कम हुन्छ । साथै पेट सम्बन्धित समस्यालाई टाढा राख्न मद्दत गर्छ ।

खाना खाएपछि हिँड्दा पाचन सुधार हुनुका साथै शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ । जसकारण आन्तरिक अङ्गहरूले राम्रो काम गर्ने र प्रतिरक्षा प्रणालीमा सुधार हुन्छ ।

प्रतिरक्षा प्रणाली बलियो भएमा यसले विभिन्न सङ्क्रमणबाट टाढा राख्न मद्दत गर्छ । खाना खाएपछि तुरुन्तै सुत्नुभन्दा पनि केही समय हिँड्नाले मेटाबोलिज्म बढाउन सकिन्छ । यसले धेरै क्यालोरी जलाउन मद्दत गरी शरीरलाई राम्रो आकारमा राख्न मद्दत गर्छ ।

खाना खाएपछि हिँड्नु तौल घटाउन चाहनेहरूका लागि लाभदायक हुन्छ । खाना खाएको ३० मिनेटपछि रगतमा चिनीको मात्रा बढ्ने प्रक्रिया सुरु हुन्छ ।

खाना खाएपछि हिड्नाले ग्लुकोजको केही मात्रा शरीरले प्रयोग गर्छ । जसले रगतमा चिनीको स्तरलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

प्रायः खाना खाएपछि पनि केही मानिसलाई क्रेभिङ (केही खान मन लाग्ने) हुने गर्छ । मध्यरातमा खानुलाई राम्रो मानिँदैन र यो तौल घटाउने प्रयास गरिरहेका मानिसका लागि बाधा बन्न सक्छ । खानापछि हिँड्नाले सन्तुष्ट बनाई रातमा हुने क्रेभिङलाई कम गर्छ ।

शारीरिक रूपमा फिट राख्नुका साथै खानापछि हिँड्ने बानीले मानसिक रूपमा पनि स्वास्थ्य राख्न मद्दत गर्छ । राति सुत्न समस्या भएका मानिसका लागि हरेक रात खाना खाएपछि हिँड्नु फाइदाजनक हुन्छ ।

हिँड्नाले शरीरलाई रिल्याक्स गराउने हुँदा छिटो निन्द्रा लाग्ने हुन्छ । हिँड्नाले तनाव हटाउनुका साथै शरीरमा इन्डोरफिन्स रिलिज गर्न मद्दत गर्छ । जसले राम्रो महसुस गराई मुडलाई सुधार गर्ने काम गर्छ । रातिको खाना खाएपछि हिँड्नाले डिप्रेसन हटाउन सकिन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here