न्यून तरलताको संकट टार्न रिपोमार्फत ३० अर्ब पठाउँदै राष्ट्र बैंक

काठमाडौं, २४ भदौ  । बैकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ पठाउने भएको छ ।

कर्जा प्रवाहको तुलनामा निक्षेप सङ्कलन बढ्न नसकेपछि तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरूले ऋणको ब्याज बढाउने सङ्केत गरेपछि राष्ट्र बैंकले रिपो जारी गरेर ब्याजदर समेत नियन्त्रण गर्न खोजेको हो ।

राष्ट्र बैंकले जारी गरेको १४ दिने अवधिको यस रिपो असोज ७ गते परिपक्व हुनेछ । बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘रिपो’ हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।

बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) अत्याधिक भएपछि राष्ट्र बैंकले तरलता प्रशोचन (वित्तीय प्रणालीबाट खिच्ने) रिभर्स रिपो जारी गर्ने गर्छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा बैंकमा रहेको सुरक्षण कोष/उपदान तथा पेन्सन कोषमा रहेको रकम क, ख र ग वर्गका वित्तीय संस्थाहरुमा राख्ने जनाएको छ ।

राष्ट्र बैंकले ३६६ दिनको मुद्दती निक्षेप लागि राखिने उक्त रकम वित्तीय संस्था फाइनान्स कम्पनीमा १३ करोड २५ लाख रुपियाँ, विकास बैंकमा ३९ करोड ७५ लाख रुपियाँ र वाणिज्य बैंकमा २ अर्ब १२ करोड रुपियाँ राख्ने जनाएको छ ।

मुद्दती निक्षेपका लागि आफ्नो वित्तीय संस्थामा राख्नका लागि वित्तीय संस्था सञ्चालन भएको २ वर्ष भएको हुन पर्ने, राष्ट्र बैंकले तोकेको न्युनताम पुँजीको कायम रहेको हुन पर्ने शर्त केन्द्र्रीय बैंकले राखेको छ ।

वित्तीय संस्थाहरुको निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनपर्ने, रियल स्टेट कर्जा तोकिएको मापदण्डभन्दा कम हुन पर्ने पनि राष्ट्र बैंकको शर्त रहेको छ ।

नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तरलता सन्तुलन कायम गर्न बेला बेलामा विभिन्न उपकरणहरु जारी गर्ने गर्छ। राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here