कोरोनाविरुद्धको फाइजर खोप लगाउन शुरु, कहाँ–कहाँ तोकिए खोप केन्द्र ?

काठमाडौं, २८ कात्तिक । सरकारले आइतवारदेखि कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोगी र १२ वर्षमाथि उमेर समूहका खोप दिने शुरु गरेको छ ।

खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ ।

यो खोप २१ देखि २८ दिन भित्रमा दुई मात्रा लिनुपर्ने हुन्छ । खोप लगाउन काठमाडौँ उपत्यकामा ८ र उपत्यका बाहिर १६ वटा अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।

दीर्घ रोगीहरुमा भने मुटुको शल्यक्रिया गरेका वा औषधि सेवन गरिरहेका, मिर्गौला फेरेका, डायलासिस गरिरहेका वा औषधि सेवन गरिरहेका व्यक्तिले फाइजर खोप लगाउन पाउने छन्।

रोग प्रतिरोधात्मक क्षमता कम भएका, मस्तिष्क र मस्तिष्का रक्तनली सम्बन्धी रोग भएका व्यक्तिले पनि फाइजर खोप लगाउन स्वास्थ्य मन्त्रालय अनुरोध गरेको छ।

खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी कागजपत्र बोकेर जानुपर्नेछ।

खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पूर्जा अनिवार्य लिएर तोकिएको अस्पतालमा जान मन्त्रालयले अनुरोध गरेको छ ।

अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको १ लाख ६२० डोज फाइजर खोप गत कात्तिक ८ गते नेपाल आइपुगेको थियो ।

सरकारले तोकेका देशभरका खोपकेन्द्रहरु
– गंगालाल हृदयरोग केन्द्र (काठमाडौं)
– शिक्षण अस्पताल (काठमाडौं)
– वीर अस्पताल (काठमाडौं)
– निजामती कर्मचारी अस्पताल (काठमाडौं)
– वीरेन्द्र सैनिक अस्पताल (काठमाडौं)
– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर)
– भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर)
– मानव अंग प्रत्यारोपण केन्द्र (भक्तपुर)
– मेची अञ्चल अस्पताल (भद्रपुर)
– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)
– कोसी अञ्चल अस्पताल (विराटनगर)
– गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान (राजविराज)
– नारायणी अञ्चल अस्पताल (वीरगन्ज)
– जनकपुर प्रादेशिक अस्पताल (जनकपुर)
– बिपी कोइराला क्यान्सर अस्पताल (भरतपुर)
– धुलिखेल अस्पताल (धुलिखेल)
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा)
– धौलागिरि अस्पताल (बाग्लुङ)
– लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल)
– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ)
– भेरी अस्पताल (नेपालगन्ज)
– कर्णाली प्रदेश अस्पताल (सुर्खेत)
– सेती प्रादेशिक अस्पताल (धनगढी)
– डडेल्धुरा अस्पताल (अमरगढी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here