भिजिट भिसामा खाडी मुलुक जान नपाउने निर्णय खुकुलो, वर्षमा ६ लाख कमाउनेहरु जान पाउने

काठमाडौं, ९ माघ । खाडी मुलुक र मलेसियामा भिटिज भिसामा जान सरकारले लगाएको रोकको निर्णयमा परिमार्जन भएको छ ।

अब तोकिएको व्यक्तिले भिजिट भिसामा जान पाउने छन् । गृह मन्त्रालयले सूचनामा संशोधन गरि भिटिज भिसामा जान सबैलाई रोक लगाउने निर्णय परिवर्तन गरेको हो ।

सरकारले खाडी राष्ट्रबाहेक कम्तिमा दुई मुलुकको भ्रमण गरिसकेकालाई भिजिट भिसाको अनुमति दिने भएको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार विरामीको कुरुवा वा रेखदेखका लागि जाने तीन पुस्ताभित्रका परिवारका सदस्यलाई पनि जान दिइने भएको छ ।

वैदेशिक रोजगारी व्यवसाय प्रबद्र्धनका लागि जाने मेनपावर कम्पनीका सञ्चालक र आधिकारिक प्रतिनिधिलाई पनि जान दिइने छ । वार्षिक न्यूनतम ६ लाख रुपैयाँ कर योग्य आय भई आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध व्यक्तिले पनि भिजिट भिसामा जान पाउने छन् ।

नेपालमा सामान आयात–निर्यात गर्ने व्यवसायिक संस्थाका प्रतिनिधि, सरकारी कामको सिलसिलामा जाने प्रतिनिधि र अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि लगायतलाई पनि यो सुविधा दिइने छ ।

को-को जान पाउँछन्?

१. सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरू।

२. अन्तर्राष्ट्रिय कारोबार गर्ने बैङ्क तथा वित्तीय सङ्घ संस्थाका प्रतिनिधि एवं अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरू (संस्थागत कार्यका लागि मात्र)।

३. नेपालमा सामान आयात-निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरू (आयात निर्यात सम्बन्धी कार्यका लागि मात्र) र व्यावसायिक कम्पनी/फर्मका सञ्चालक वा व्यवसायीहरू।

४. खाडी राष्ट्रहरू बाहेक कम्तिमा २ वटा अन्य मुलुक पर्यटकको रूपमा भ्रमण गरिसकेका यात्रुहरू।

५. वार्षिक न्यूनतम ६ लाख रुपैयाँ करयोग्य आय भई कम्तिमा सोको आधा रकम बैङ्क खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्तिहरू।

६. औद्योगिक तथा व्यावसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध विशिष्ट संस्थाको विशिष्ट कार्यका लागि जानुपर्ने संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरू।

७. वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धनको लागि जाने म्यानपावर व्यवसायीहरू। (सञ्चालक वा आधिकारिक प्रतिनिधि मात्र)।

८. बिरामी कुरुवा वा बिरामीको रेखदेखको रूपमा जाने (३ पुस्ता भित्रका) पारिवारिक सदस्यहरू (नेपाली दूतावासको सिफारिस पत्र परराष्ट्र मन्त्रालयमार्फत लेखी आउनु पर्ने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here