निमावि तह शिक्षक लाइसेन्स लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रमसहित)

काठमाडौं, ४ फागुन । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षाको पाठ्यक्रम गरेको छ।

५० वटा वस्तुगत प्रश्न मात्र सोध्ने गरी पाठ्यक्रम सार्वजनिक गरेको हो। जसमा सय पूर्णाङ्क र ५० उत्तीर्णांकसहित समावेश गरिएको छ ।

आयोगले नेपालको शिक्षासँग सम्बन्धित विभिन्न विषयलाई आधार मानी शिक्षण सिकाइ तथा कक्षाकोठा व्यवस्थापनका क्षेत्रसँग सम्बन्धित भइ यो पाठ्यक्रम तयार गरिएको जनाएको छ।

शिक्षक लाइसेन्स परीक्षाको पाठ्यक्रम परिमार्जन, अब बस्तुगत प्रश्न मात्रै सोधिने

आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने गरी पाठ्यक्रममा परिमार्जन गर्ने तयारी गरेको छ।

यसअघि ४० प्रतिशत बस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोधिने गरिएकोमा पाठ्यक्रम परिवर्तन गर्ने निर्णय भएको छ। शिक्षक सेवा आयोगको फागुन २ मा बसेको बैठकले शिक्षण अनुमति पत्र (लाइसेन्स) परीक्षामा बस्तुगत प्रश्न मात्रै सोध्ने गरी पाठ्यक्रम परिवर्तन गर्ने निर्णय गरेको थियो।

माध्यामिक र निम्नमाध्यामिक तहको शिक्षण अनुमति पत्र प्राप्त गर्ने परीक्षाका हकमा पाठ्यक्रम परिवर्तन गरिएका हुन्।

यसअघि आयोगले एक सय पूर्णांकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेकोमा पाठ्यक्रम नै परिमार्जन गरेर यस पटकदेखि वस्तुगत प्रश्न मात्र सोध्ने तयारी गरेको छ।

वस्तुगतमात्र प्रश्न सोध्दा छिटो नतिजा सार्वजनिक गर्न र उत्तरपुस्तिका परीक्षण गर्न सहज हुने विज्ञले छलफलका क्रममा सुझाव दिएका छन्। यो संशोधन प्रस्ताव पारित भए आयोगको परीक्षामा ५० वटा वस्तुगत प्रश्न मात्र सोधिनेछ। दुई अंकभार हुने एक प्रश्नको गलत उत्तर दिएमा नकारात्मक अंक प्राप्त हुन्छ।

अबदेखि एक सय पूर्णाङ्कको बस्तुगत प्रश्न सोधिनेछ, जसमा ५० वटा प्रश्न हुनेछन्। एउटा प्रश्नको जवाफ मिलाएमा परीक्षार्थीले २ नम्बर पाउनेछन्। यसका लागि एक घन्टाको परीक्षा हुनेछ भने पास हुन ५० नम्बर ल्याउनुपर्छ।

आयोगले यस पटकदेखि ओएमआर पद्धतिबाट उत्तरपुस्तिका परीक्षण गर्ने यसअघि नै स्पष्ट पारिसकेको छ। आयोगले वार्षिक कार्यतालिकामा चैत महिनामा अध्यापन अनुमतिपत्रका लागि विज्ञापन गर्ने उल्लेख गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here