बेलकोटगढी नगर प्रमुखमा कांग्रेसवाट युवा नेता दीपक लामाको चर्चा, को हुन् लामा ?

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै देशैभर चुनावी माहोल बढेको छ । धेरै जसो पार्टीबाट उम्मेदवारहरु घोषणा गर्ने क्रम रहेको छ ।

जिल्ला, जिल्लामा तीन ठूला दलबाट को को उम्मेदवार होला भनेर चर्चासँगै गठबन्धनै कारण उत्सुकता पनि झनै थपिएको छ ।

सबै पार्टीवाट आ-आफ्नो उम्मेदवारको आकांक्षीको लहर चलिरहेपनि गठबन्धनकै कारण युवा नेताहरुको भविष्यपछि थकेलिने देखिन्छ ।

जनताको रोजाइ भएपनि गठबन्धनको चेपुवामा ठूला नेता पर्नाले जनतामा नयाँ र केही भिजन भएको नेताले स्थान पाउन हम्मेहम्मे छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बेलकोटगढी नगरपालिकको प्रमुखमा सानै उमेरमा विद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा सुरू गरेका दीपक लामाको चर्चा व्यापक रहेको छ ।

दलले आधिकारिक रुपमा कोही कसैलाई उम्मेदवार भनेर अघि नसारेपछि कार्यकर्ताबीच सम्भावित उम्मेदवारको चर्चामा लामाको नाम अग्रस्थानमा रहेको देखिन्छ ।

घर घर जाउँ काँग्रेस जिताऔं अभियान कार्यक्रममा

राजनीतिमा धेरै भोटो फटाएकादेखि नयाँ पुस्तासम्मको नाम बाहिर आएको छ । जसको चर्चामा छन बेलकोटगढी नगरपालिका वडा नं ७ (साबिकको राटमाटे गाविस) का बासिन्द दीपक लामा ।

शिक्षित र सामाजिक काममा अग्रसर युवा उम्मेदार लामा अन्य दाबेदार उम्मेदार भन्दा पृथक विचार बोकेर चुनावी मैदानमा होमिएका छन् ।

सााबिकका बेलकोट, कुमरी, दुईपिपल, रातमाटे, जिलिङ र मदानपुर गाविसलाई मिलाएर बनाइएको बेलकोटगढीमा भूगोल ज्यादै विकट र आर्थिक जीवनस्तर न्यून रहेको छ ।

२०७४ मा नेकपा एमालेले मेयर र माओवादीले उपमेयर जिते पनि खासै उल्लेखनीय प्रगतिको खाकासम्म नकोरेकाले गर्दा जनता नयाँ र केही भिजन भएको नेताको खोजीमा छन् ।

नेपाली काँग्रेसको आंतरिक द्वन्द र गुट गत स्वार्थले गर्दा धेरै वडा र समग्र नगरमा हार बेहोर्नु परेको तितो यर्थाथ आम जनतामा छ । बेलकोटकोटमा कांग्रेसलाई निल हुन लामाको वडाले भने विजयी हासिल गरेको थियो ।

यसै चुनावी सन्दर्भमा २६ ठाउँ मा गरीएको सर्वेक्षण तथ्याङ्कको आधारमा स्थानिय नेतृत्व सबैखालका विषय लाई मध्यनजर गरी उम्मेदवार छनौट गरिएमा जीत निश्चित हुने भूगोलको चाहना रहेको देखिन्छ ।

को हुन् लामा ?

लामो समयदेखि नुवाकोटवाट राजनितीक गर्दै बलियो पृष्ठभूमी बनाएका लामा एक जागरुक युवा उम्मेदार हुन् ।

युवादेखि वृद्धासम्म चर्चित लामा उम्मेरदारीको हिसाबमा शैक्षिक क्षेत्रमा अगाडि रहेका छन् । जनसंख्या र राजनीतिक शास्त्रमा स्नाकोत्तर गरेको उनि अहिले पिएचडीको तयारीमा रहेका छन् । विश्वको करिब २० भन्दा बढि देशको विकासको मोडलमा प्रत्यक्ष सहभागि रहेका छन् ।

अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, भारत, चीन, हङकङ, ब्रुनेइ, मलेसिया, सिंगापुर, युरोप दक्षिण कोरिया,जापान, इण्डोनेशिया, माल्दिभ्स, टर्की, रसिया आदी देशहरुको भ्रमण गरेको लामाको ती देशहरुको राजनीतिक अनुभव रहेको छ । लामा नुवाकोटका संस्थापन पक्षका नेता हुन् ।

राजनीतिक पृष्ठभूमि

-२०४६ साल बाट विद्यार्थी आन्दोलनमा लागेका लामा च्वाडिपब्लिक स्कूल बाट नेवि संघको राजनीति सुरु

-महेन्द्ररत्न क्याम्पस ताहाचल २०५५ (स्ववियु सदस्य)

-महेन्द्ररत्न क्याम्पस ताहाचल नेविसंघ ईकाई अध्यक्ष (२०५७)

– २०५७ साल मा स्ववियु निर्वाचनमा सहभागी(प्रत्यासी), कम्युनिस्ट एक छत्र राज गरेका क्याम्पस महेन्द्र रत्न क्याम्पस मा झिनो मतले पराजित !

-एकाई अध्यक्ष नेविसंघ केन्द्रिय विभाग २०५८

– २०५८ मा नेविसंघ केन्द्रीय खेलकुद विभागको सदस्य

-२०६० सालमा नेवि संघ महेन्द्र रत्न क्याम्पसको अध्यक्ष

-२०६५ सालमा नेवि संघ नुवाकोटका अध्यक्षका प्रत्यासी, झिनो मतबाट पराजित

-पूर्व सहसचिव नेपाली कांग्रेस जिल्लाकार्य समिति नुवाकोट

-लोकतान्त्रीक खेलकुद संघ केन्द्रिय सदस्य

हाल बिपी कोइराला खेलकुद प्रतिष्ठान का केन्द्रिय अध्यक्ष र नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि

लामा यी अलावा खेलकुद क्षेत्रमा पनि धेरै लागिपरेका छन् जसमा धेरै राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त व्यक्ति हुन् ।

उसु खेलका अन्तराष्ट्रिय निर्णयक, नेपाल उसु महासंघका केन्द्रीय उपाध्यक्ष र नेपाल नेटबल संघ का महासचिव हुँदै दक्षिण एसियाली उसु महासङ्घ का कोषध्यक्ष र नेटबलसंघका सचिव रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here