कुन कुन अवस्थामा हुन्छ मत बदर, सही तरिकाले मतदान कसरी गर्ने ?

काठमाडौं । निर्वाचन आउन अब १ दिन बाँकी छ , चुनावी माहोल अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधी सभा तथा प्रदेशसभा निर्वाचनमा भोट कसरी हाल्ने रु र कति ठाउँमा छाप लगाउनुपर्ला ? भन्ने बार धेरैलाई कौतुहल्ता भईरहेको हुन सक्छ । ध्यानपूर्वक मत व्यक्त नगरेमा तपाईंको मत बदर हुन पनि सक्दछ ।

भोट कसरी हाल्ने ?

तपाई मतदान गर्नेदिन आफ्नो मतदाता परिचय पत्र बोकेर मतदानकेन्द्रमा जानुपर्दछ ।

मतदान केन्द्रमा पुगेपछि लाइनमा बस्नुअघि आफ्नो मतदाता परिचय पत्रको क्रम संख्या थाहा पाएको हुनुपर्छ । त्यसको आधारमा निर्वाचन आयोगले उसलाई मतदान प्रक्रियामा सहभागी गराउँछ ।

सर्वप्रथम गर्भवती महिला, अशक्त–अपाङ्ग, बिरामी,जेष्ठ नागरिकका लागि छुट्टै, पुरुष र महिलाका लागि छुट्टा–छुट्टै गरी तीनओटा लाइन रहन्छ ।

त्यसपछि लाइनअनुसार उनीहरु मतदाता परिचयपत्र र मतदाता नामावली भिडाउने, मतदान गरेको हातमा चिनो लगाउने, तथ्यांक फारम भर्ने र मतपत्र लिने काम हुन्छ । यसकै पछाडी पट्टी विभिन्न दलका प्रतिनिधिहरु बस्छन् ।

मतपत्र लिइसकेपछि त्यो भन्दा अगाडि बस्ने मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नेछन् । उक्त मतपत्रमा अब तपाइले कुन चिन्हमा मतदान गर्न चाहेको हो, त्यस्तो चिन्हमा मत संकेत गर्नु पर्नेछ ।

मतदान केन्द्रमा मतपत्र कसरी बदर हुन्छ ?

-सम्बन्धित मतदान अधिकृतको दस्तखत नहुँदा ।

-औठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिन्ह बाहेक अन्य चिन्ह वा छाप लगाई मत सङ्केत गरिएको अवस्थामा ।

-मत संकेत चिन्ह नबुझिने गरी लत्पतिएको वा च्यातिएको ।

-उम्मेदवारको निर्वाचन चिन्ह रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको ।

-उम्मेदवार नरहेको निर्वाचन चिन्हमा मत संकेत नगरिएको ।

-निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिन्ह भएको कोठामा छुट्टा छुट्टै मत संकेत गरिएको ।

-मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको ।

-आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको ।

-मतपेटिका भन्दा बाहिर राखिएको ।

​​निर्वाचनको समयमा मतदाताले के गर्नुपर्छ ?

-मताधिकारबारे आफूलाई जानकारी भएको विषय अन्य मतदातालाई जानकारी गराउने ।

-निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक सहयोग पुर्‍याउने ।

-मतदानमा प्रतिकूल असर पार्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र आफू पनि कुनै होहल्ला वा हुलदङ्गामा नलाग्ने ।

-मतदानको दिन कुनै दल वा उम्मेदवारको नाम, निर्वाचन चिन्ह वा संकेत भएको पहिरन, परिचयपत्र र ब्याज नलगाउने ।

-मतदानको दिन सवारी साधन प्रयोग गरी आवत-जावत गर्न वा कसैलाई पनि लाने वा ल्याउने कार्य नगर्ने तर शारीरिक रुपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताको लागि मतदान अधिकृतले तोकिदिएको सवारी साधन प्रयोग गर्न सकिने ।

-आचार-संहिता उल्लंघन भएको देखिएमा निर्वाचन आयोग, निर्वाचनमा खटिएका कर्मचारीलाई जानकारी गराउनु पर्नेछ ।

-कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्न हुँदैन ।

-एउटै निर्वाचनका लागि एक भन्दा बढी पटक मतदान गर्न हुँदैन ।

-कसैले पनि पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिन गौँडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्न कुनै किसिमले बाधा अवरोध गर्न वा गराउन हुँदैन । यदि कसैले आचार संहिता उल्लंघन गरेमा कानुन बमोजिम कारबाही हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here