गाडी भाडा घट्यो, यस्तो छ नयाँ भाडा दर

फाइलफोटो

काठमाडौं । सरकारले लामो दूरीको सार्वजनिक यातायातको भाडा घटाएको छ ।

यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको हो ।

इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुन्छ । सबैभन्दा लामो रुट काठमाडौं-अत्तरीया-मार्तडी (बाजुरा) (९४४.६ किमी) को २९५९ रुपैयाँ भाडादर कायम भएको छ ।

यस्तै, काठमाडौं-अत्तरीया-चैनपुर(९४४ किमी)को २९४३ रुपैयाँ, काठमाडौं-धनगढी-साँफेबगर (८९९ किमी)को २६९३, काठमाडौं-अत्तरीया-सिलगढीको २४०८, काठमाडौं-महेन्द्रनगरको १९१५, काठमाडौं-सुर्खेतको १७४०,काठमाडौं-धनकुटाको १७२७, काठमाडौं-विराटनगर १४९८ कायम भएको छ ।

कहाँ कति भाडा ? सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here