नेपालीको भान्सा महङ्गियो, वार्षिक मूल्य वृद्धिदर ४.६ प्रतिशत

फाइलफोटो

काठमाडौं, १६ भदौ । आघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बजारको औसत मूल्यवृद्धिदर (उपभोक्ता मुद्रास्फीति) ०.४ प्रतिशत विन्दुले बढयो ।

यो सँगै गत वर्षको वार्षिक मूल्यवृद्धिदर औसत ४.६ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धिदर ४.२ प्रतिशत थियो ।

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मुलुकको समग्र आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख छ । गत वर्ष खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ३.१ प्रतिशत छ । अघिल्लो वर्ष यो २.७ प्रतिशत थियो ।

सो अवधिमा गैर—खाद्य तथा सेवा समूहको मूल्यवृद्धिदर करिब ६ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ५.३ प्रतिशत थियो ।

क्षेत्रगत उपभोक्ता समूहको मूल्यवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा हिमाल र तराईमा मूल्यवृद्धि घट्यो भने काठमाडौं उपत्यका र पहाडमा मूल्यवृद्धि बढेको देखाइएको छ ।

गत आर्थिक वर्षमा पहाडमा मूल्यवृद्धि ५ प्रतिशत, हिमाल र काठमाडौं उपत्यकामा समान दर (४.९ प्रतिशत) र तराइमा ४.३ प्रतिशत छ । अघिल्लो वर्ष पहाड, हिमाल, काठमाडौं उपत्यका र तराईमा क्रमशः ४.६ प्रतिशत, ५.९ प्रतिशत, ३.३ प्रतिशत, ४.४ प्रतिशत थियो ।

नेपाल र भारतको उपभोक्ता मूल्यवृद्धि पनि वि.सं. २०७६ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि नेपालमा ६.० प्रतिशत र सन् २०१९ को जुलाईमा भारतमा ३.१५ प्रतिशत रहेको छ ।

वि.सं. २०७६ को असारमा वार्षिक बिन्दुगत थोक मूल्यवृद्धि ५.४ प्रतिशत रहेको छ । २०७५ असारमा यस्तो मूल्यवृद्धि २.१ प्रतिशत मात्र रहेको थियो ।

वि.सं. २०७६ को असारमा वार्षिक बिन्दुगत राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ९.१ प्रतिशतले वृद्धि भएको छ । वि.सं. २०७५ असारमा उक्त सूचकांङ्क ६.८ प्रतिशतले वृद्धि भएको थियो ।

तलब सुचकांङ्को वृद्धिदर ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्कको वृद्धिदर ९.८ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here