Tag: Accident

केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई ट्राफिक प्रहरी घाइते

काठमाडौं । केशरमहलमा कारकाे ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ भने ड्युटीमा रहेको दुई ट्राफिक प्रहरी घाइते भएका छन् । मृतक अन्दाजी ३० वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ ।

गाेरखामा रोकिरहेको ठाउँबाट बस तल झर्याे

गोरखाबाट नारयणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको छ । आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस आँबुखैरेनी-गाेरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको अवस्थामा दुर्घटना परेकाे हाे ।

पुलबाट खाेलामा माेटरसाइकल खस्दा दुईकाे मृत्यु

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दल खोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जनकपुरमा एक जना बालिकाको हत्या

धनुषामा एक जना बालिकाको हत्या भएको छ। जनकपुरधाम उपमहानगरपालिका ४ जिरोमाइल भन्ने ठाउँमा बालिकाको हत्या भएको हो।

ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु

नारायणघाट–मुग्लिन सडकखण्डको चौधकिलोमा तेल बोक्ने ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ।

बाजुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

तीनथानामा मोटरसाइकल स्कुटरमा बजारियाे, चालकको मृत्यु

काठमाडौंको तीनथानामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

पर्वतको नेपानेमा जीप दुर्घटना, एक जनाको मृत्यु

पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आइपिएल जितेको खुसीयाली मनाउने क्रममा भागदौड, सात जनाको मृत्यु

रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षपछि आइपिएल जितेको खुसीयाली मनाउने क्रममा भागदौड हुँदा कम्तिमा सात जनाको मृत्यु भएको आशंका गरिएको छ।

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

दुर्घटनाग्रस्त ट्रक हटाएपछी अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।