Tag: नेपाल उद्योग वाणिज्य महासंघ

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा हुने

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तोकेर पनि हुन सकेको थिएन ।

नेपाल र हङकङबीच ब्यापार तथा लगानी विस्तारबारे महासंघ र महावाणिज्यदूतवीच छलफल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र हङकङका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत उदय रानामगरले नेपाल र हङकङबीच ब्यापार तथा लगानी विस्तार गर्ने सम्बन्धमा छलफल गरेका छन् ।

उद्योग वाणिज्य महासंघको चुनावका लागि तीन मोडल, प्रत्यक्षदेखि ई–भोटिङसम्म प्रस्ताव

कोरोनाभाइरस र लकडाउनका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको चुनाव सम्पन्न गर्न तीन मोडल प्रस्ताव गरिएको छ ।

‘अफ्ठ्यारो परिस्थितिमा निजी क्षेत्र अभिभावकविहीन जस्तै भयो’

महासंघको पदाधिकारी बैठकले साधारणसभा स्थगत गर्ने निर्णय गरेको भोलिपल्ट शुक्रबार पत्रकार सम्मेलन गर्दै ढकालले निजी क्षेत्र अहिले अभिभावकविहीन भएको पनि उल्लेख गरेका छन् ।

महासंघको निर्वाचन: पूर्वअध्यक्षदेखि भावी अध्यक्षसम्म ध्रुविकृत, को कसको पक्षमा ?

महासंघको चुनावमा अधिकांश पूर्वअध्यक्षदेखि भावी अध्यक्षसम्म किशोर प्रधान समूहमा देखिएका छन् । चन्द्र ढकाल समूहमा स्पष्टरुपमा खुल्ने एक जना मात्रै पूर्वअध्यक्ष चण्डि ढकालमात्र छन् भने दुई जना पूर्वअध्यक्षहरु सुरज वैद्य र रविभक्त श्रेष्ठ मध्यमार्गी धारमा देखिएका छन् । ।

ढकाल समूहको प्यानलसहित उम्मेदवारी घोषणा, गोल्छाको भूमिकाप्रति असन्तुष्टि

ढकाल समूहले बुधबार कार्यक्रम गरेर आफ्नो प्यानल विजयी हुने दावी सहित उम्मेदवारी घोषणा गरेका हुन् । ढकालको टीममा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन् ।

बैंक कर्जाको साँवा, ब्याज भुक्तानी गर्ने समयावधि बढाउन महासंघको आग्रह

कोरोनाको कारण विश्वसहित नेपालपनि झण्डै ८० दिनभन्दा बढी पूर्ण लकडाउनको अवस्थामा रहेको भन्दै महासंघले साँवा व्याज तिर्ने अवधि थप गर्न आग्रह गरेको हो ।

महासंघको निर्वाचनको लागि प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय

साउन २५ र २६ गते हुने निर्वाचनको लागि प्रधान टिमको सम्पर्क कार्यालयको उद्घाटन शेखर गोल्छाले गरेका हुन् । ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरिएको हो।

‘छरिएर आएको राहत प्याकेजले निजी क्षेत्रलाई उत्साहित बनाउन सकेन्’- महासंघ

बजेटमाथि प्रतिक्रिया दिँदै महासंघले छरिएर आएको राहत प्याकेजले निजी क्षेज्ञ उत्साहित नभएको जनाएको हो । विद्यमान असहज अवस्थामा अर्थतन्त्रलाई बचाउन ठोस उत्प्रेरणात्मक राहत प्याकेज ल्याउनु आवश्यक भएतापनि अहिलेको अवस्थालाई सम्बोधन गर्न नसक्ने ठहर महासंघको छ ।

हतोत्साहित निजी क्षेत्र

संक्रमण बढ्दै गएर यतिका दिनसम्म लकडाउनमा उद्योग धन्दा बन्द हुंदा पनि उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रलाई संवोधन गर्नेतर्फ सरकारी निकायबाट पहल नहुनाले उद्योग व्यवसायको कर्ममा लागेका हामी समस्त उद्यमी व्यवसायी हतोत्साहित भएका छौं ।