प्राकृतिक स्रोतबाट उपलब्ध पानीमा मात्रै निर्भर रहने हो भने कतारमा १४,००० मानिस मात्रै बस्न सक्थे । मरुभूमिस्थित यो राष्ट्रमा करिब २९ लाख मानिस बसोबास गर्छन् र कतारको जलस्रोतले प्राकृतिक रूपमा धान्न सक्ने र वास्तविक जनसङ्ख्याबीचको भिन्नताको अर्थ थप पानी कतैबाट जोहो गर्नुपर्छ भन्ने हो। पानीको ठूलो परिमाण समुद्रको पानी प्रशोधन गरी त्यसबाट नुन हटाएर तयार पारिन्छ।
कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको गैर आवासीय नेपाली संघले बताएको छ ।