यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् । गैर आवासीय नेपाली संघले आइतबार दिएको जानकारी अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टी भएको हो ।
कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको गैर आवासीय नेपाली संघले बताएको छ ।
विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन गैर आवासीय नेपाली संघ (एनआरएनए)ले पहल गर्ने भएको छ । खाडीमा श्रम गरिरहेका नेपालीहरु बिचल्लीमा परेका खबरहरु आईरहेको बेला संघले घर फर्काउने रणनीति तय गर्दै पहल थालेको उसले बताएको छ ।