उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार बैशाख यता मात्रै विभिन्न १८ उद्योगमा १२ अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको हो । यस समयमा ४ भिन्न क्षेत्रमा लगानी प्रतिवद्धता आएको छ । जसमा जलविद्युत, पर्यटन, सेवा क्षेत्र र सूचना तथा सञ्चार क्षेत्र रहेको छ ।
माघे संक्रान्तिमा तरुल खाने नेपाली संस्कारका कारण काठमाडौंमा यसपटक १२ सय ६ टन तरुल भित्रिएको छ । यो परिमाण गत वर्षको भन्दा ३ सय टन बढि हो । कालिमाटी तरकारी बजारमा हाल बन तरुल, निलो घर तरुल, सेतो तरुल, सिमल तरुत तथा अन्य विभिन्न प्रकारका तरुलहरु किनबेच भैरहेको छ ।