महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गरिरहेका सामाजिक अभियन्ताहरुलाई ‘राष्ट्रिय परिचय पत्र’ बनाएर सम्मान गर्ने योजना अघि सारेका छन् ।
स्थानीय स्तरमा अवसरको कमी र अशिक्षाले मानिसलाई बेचिने स्थितिमा पुगेको पाईन्छ भने घरेलु हिंसा पनि खासगरी महिलाहरू बेचिने अर्को कारण हो । घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुने गरेका छन् ।