मानव बेचबिखनमा सबैभन्दा धेरै एजेण्ट र म्यानपावर व्यवसायी

काठमाडौं, १९ मंसिर । आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य रोकिएको छैन । यसका सबैभन्दा धेरै एजेण्ट र म्यानपावर व्यवसायीको संलग्न हुने गरेको अध्ययनले देखाएको छ ।

महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटबिन) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ३३ प्रतिशत एजेण्ट र म्यानपावर व्यवसायी मानव बेचबिखनमा संलग्न भएको देखाएको हो ।

एटबिनले ले २०७५ सालमा सञ्चार माध्यममा प्रकाशित मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी समाचारको अध्ययन तथा विश्लेषण गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

सार्वजनि प्रतिवेदनमा म्यानपावर र एजेण्टभन्दा पछि २७ प्रतिशत घटनामा भारतीय नागरिक, १२ प्रतिशतमा छिमेकी, प्रेमी र श्रीमानलनै बेचबिखनमा संलग्न भएका ६/६ प्रतिशत भएको उल्लेख छ ।

खाडीका देशमा घरेलु काममा जान महिलालाई रोक लगाइए पनि अझ प्रतिबन्धका कारण अवैध तरिकाले जोखिमपूर्ण रुपमा जाँदा यौनशोषण र श्रमशोषण तथा बेचबिखन बढेको भन्दै राज्यले तत्कालै ठोस निर्णय गनुपर्ने आवश्यकता पनि प्रतिवेदनमा औंल्याईएको छ ।

दलालहरुको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जवर्जस्ती संलग्न गराउँने कार्य पछिल्ले समय बढ्दै गएको पाईन्छ ।

महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमा लगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट बेचबिखनको प्रवृति फेरिँदै बदलिंदै गएको छ ।

स्थानीय स्तरमा अवसरको कमी र अशिक्षाले मानिसलाई बेचिने स्थितिमा पुगेको पाईन्छ भने घरेलु हिंसा पनि खासगरी महिलाहरू बेचिने अर्को कारण हो ।

घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुने गरेका छन् ।

हिंसामा परेकाहरू सधैं अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाडैं त्यस्ता दलालको पञ्जामा पर्ने गरेको पाइृन्छ ।

आधुनिक सुविधाको उपभोग गर्ने रहर र धन कमाउने विदेश घुम्ने रहर पूरा गर्ने लालसाले गर्दा पनि बेचिन पुगेका छन् । बेचबिखन रोक्न समाजमा चेतना फैलाउन जरुरी रहेको छ ।

विद्यालयदेखि नै बालबालिकालाई यसका बारेमा शिक्षित गराउनु पर्ने आजको आवश्कताको रुपमा देखिदै आएको छ । पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन जरुरी रहेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here