Tag: नेपाल आर्थिक पत्रकार संघ (नाफिज)

पुँजीबजारको विकासमा सघाउन प्रदेश नं. १ तयार, आर्थिक विकेन्द्रीकरणमा जोड

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सल्लाहकार अविनाश बोहराले अहिलेको पुँजीबजार काठमाडौंकेन्द्रित भएको भन्दै प्रदेशगत संरचनाअनुसार विकासको लागि पूर्वाधार निर्माणको आवश्यकता औंल्याएका थिए । प्रदेश नम्बर १ मा पुँजीको अभाव नभएको हुँदा यो प्रदेशले पुँजीबजारको विकासमा साथ दिन सक्ने उनको भनाइ छ ।

‘निजी क्षेत्र र सरकारबीच आपसी सम्बन्ध आर्थिक विकास समृद्धिका लागि अनिवार्य’

निजी क्षेत्रले अब पूर्वाधारको क्षेत्रमा लगानी गर्न पनि ध्यान दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले भने, ‘पूर्वाधार क्षेत्रमा सरकारले मात्रै गर्नु पर्छ भन्ने छैन । अब निजी क्षेत्रले पूर्वाधारका क्षेत्रमा समेत लगानी गर्न ध्यान दिनुपर्ने हुन्छ ।’

‘सबै नागरिकलाई कोरोना खोप नि:शुल्क उपलब्ध गराउँछौं, स्रोतको अभाव हुँदैन’-अर्थमन्त्री

नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएकाको लागि नि:शुल्क परीक्षण र उपचार गरे जसरी नै नि:शुल्क खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन् ।

मोदनाथ ढकालको नेतृत्वमा नाफिजमा १३ सदस्यीय कार्यसमिति चयन

राजधानीमा सम्पन्न महासभाले द राइजिङ नेपालका मोदनाथ ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो ।