यस्तो समस्याका कारण बैंकको कर्जा असुली प्रक्रिया प्रभावित भई यसले समग्र आर्थिक चक्रलाई प्रभावित बनाउँदै आर्थिक स्थायित्वमा नै समस्या उत्पन्न हुने जोखिम बढ्दै गएको नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रिय वाणिज्य बैंकले नयाँ ‘क्रस– बैंक टेलर क्युआर ट्रान्जेक्सन सर्भिस’ सुरु गरेको छ। बैंकले फोन पे सञ्जालसँगको सहकार्यमा सुरु गरिएको यस सेवा शुरु गरेकाे हाे।
वैशाख महिनाका लागि तीन वटा वाणिज्य बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन भने दुई वटाले घटाएका छन् । बाँकी १५ वटा बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।