Tag: #bookreview #tejbilash #kala

मध्यरातमा मुर्कट्टाः सामाजिक यथार्थको प्रतिबिम्बन

कवि अनिलका कविताले जनताको अन्धकार प्रायः जीवनलाई बोलेको छ । मरुभूमि जस्तो सिंहदरबार कुनै सिर्जनात्मक थलो होइन । यी त जनताको रगत पसिनामा होली खेल्ने योजना बनाउने ठाउँ हो भन्ने भाव रहेको छ । जनताले तिरेको राजश्वबाट पालित–पोषितहरु चलखेलमा संलग्न भएका कारण हाम्रो लोकतन्त्र लोकतन्त्र जस्तो बन्न नसकेको ठहर गरिएको छ ।