Tag: #economicsurvey#bishnupoudel

१६ वटा सार्वजनिक संस्थान घाटामा

मुलुकमा हाल ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा भएकोमा १६ वटा घाटामा छन्। २ वटा हाल बन्द अवस्थामा रहेका छन् । २० वटा पूर्णसरकारी स्वामित्वका छन् भने २५ वटामा अधिकांश स्वामित्व सरकारको छ । गत आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो आव २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो ।

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुग्ने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने जानकारी गराएका छन् ।