Tag: #health #news

निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुुपर्ने निर्णय गरेको छ ।

नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीहरुसँग स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन् ।

बनेको २६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा

जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ ।

संघीय अस्पताल विकास समितिको आम्दानीको १% बीमा कोषमा जम्मा हुने

स्वास्थ्य बीमा सुधारका लागि कोष वृद्धिका विभिन्न विकल्पको खोजी गरिरहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका छन् ।

वैदेशिक रोजगारमा जानेकाे नक्कली रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणसम्बन्धी प्रतिवेदन कार्यान्वयन गरिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको गलत मेडिकल रिपोर्ट दिने अभ्यासलाई नियन्त्रण गर्न डिजटललाइज गर्नुपर्ने उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।