यसअघि हमासले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै शनिबार गर्ने भनिएको बन्दीहरुको मुक्ति रोक्ने घोषणा गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम अन्त्यको प्रस्ताव गर्ने बताएका थिए । यसै सिलसिलामा इजरायलका प्रधानमन्त्रीले मंगलबार युद्ध अन्त्यको चेतावनी दिएका हुन् ।
हमासले शनिबार ३ इजरायली बन्धकहरूलाई रिहा गरेको छ। समाचार संस्था एपीका अनुसार युद्धविराम सम्झौताअनुसार बन्धकहरू एली शराबी (५२), ओहद बेन अमी (५६) र ओर लेभी (३४) लाई रिहा गरेकाे हाे।
इजरायलको रक्षा बलले भने हिजबुल्लाह बसेको स्थानमा आक्रमण गरेको दाबी गरेको छ । सर्वसाधारण नागरिकलाई क्षति नपुगोस् भनेर पर्याप्त ध्यान दिइएको इजरायलको दाबी छ ।