विद्युत आपूर्तिमा समस्या देखिएको हो। समस्या केही लिमिटेड ठाउँमा मात्रै समस्या आएको छ। बेलुकाको पिक लोड १७०० र बिहान १५ सय मेगावाट रहेको छ। अहिले फिडरमा समस्या आएको होइन वितरण ट्रान्सफर्मरमा समस्या हो उनले भने ।
जगदम्बा स्टीलले ३० मेगावाट थप माग गरेको छ । उद्योगलाई दुई महिनाभित्रमा विद्युत आपूर्ति दिन सकिने छ । जगदम्बा इन्टरप्राइजेजको ३० मेगावाटका लागि कनेक्सन सम्झौता गर्न लागिएको छ । सम्झौता भएपछि उद्योगलाई विद्युत उपलब्ध गराइने छ ।
नेपालको विद्युत व्यापार अब नयाँ चरणमा प्रवेश गरेको छ । नेपालबाट भारतमा प्रतिस्पर्धी मूल्यमा बिजुली निर्यातको बाटो खुलेसँगै नेपालको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको उर्जा मन्त्री पम्फा भुसालले बताएकी छिन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै घिसिङले प्राधिकरणले पैसा कमाउनका लागि नभइ सहरी क्षेत्रमा तार व्यवस्थापनका लागि भएपनि भाडा बढाउनैपर्ने बाध्यता भएको बताएको हुन् ।