राजावादी प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदमा बोलाउने प्रस्ताव गरेका छन् । तीनकुने घटनाकाे ज्ञानेन्द्र शाह जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन ।