नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा एपीएफका मिडफिल्डर प्रीति राईले सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मान प्राप्त गरेकी छन् । योङ स्टार फाउण्डेसनले उनलाई सर्वोत्कृष्ट महिला फुटबल खेलाडीकाे सम्मान स्वरुप प्रमाणपत्रको साथमा नगद १ लाख प्रदान गरेकाे हाे। योङ स्टार फाउण्डेसनका अध्यक्ष मोहन विक्रम सिंहले प्रीतिलाई सम्मान र अवार्ड प्रदान गरे ।