बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो पाँचौं खेलमा नेपालले आज भुटानसँग खेल्दै छ। खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६-१गोलअन्तरले हराएको थियो । त्यस्तै दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।