सेयर बजारमा बैंक तथा वित्तिय संस्था र बिमाको हिस्सा ७८ प्रतिशत

काठमाडौं, ५ पुस । चालु आर्थिक बर्षको पहिलो चौमासमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत हुने कम्पनीको संख्या शुन्य नै रह्यो ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनले अनुसार पहिलो चौमासमा कुनैपनि कम्पनी सुचिकृत भएनन् । असारमा पनि नेप्सेमा सुचीकृत कम्पनीहरुको संख्या २ सय १५ वटा नै थियो भने कात्तिक मसान्तमा पनि २ सय १५ नै रहेको तथ्याङकले देखाएको छ ।

सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा धेरै बैंक, वित्तीय संस्था र बीमा समुहको कम्पनीहरु छन् । बैंक, वित्तीय संस्था र बीमा समुहको कम्पनी १५२ वटा नेप्सेमा सूचीकृत छन् ।

त्यस्तै, जलविद्युत कम्पनीको ३२ वटा, उत्पादन र प्रशोधन उद्योगका १९ वटा, होटल तथा व्यापारिक संस्थाको समान ४/४ वटा रहेको छ भने ४ वटा अन्य समूहका कम्पनीहरु नेप्सेमा सुचीकृत रहेका छन् ।

नेप्सेमा सुचीकृत कम्पनीको बजार पुँजीकरणको हिस्सा ७८.५ प्रतिशत

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ७८.५ प्रतिशत छ ।

त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेप्सेमा कात्तिक मसान्तसम्ममा सूचीकृत ४ अर्ब ४३ करोड शेयर संख्याको चुक्ता मूल्य रु.४ खर्ब ३४ अर्ब ९२ करोड रहेको छ ।

समिक्षा अवधीमा रु. १० अर्ब ५२ करोड बराबरको साधारण शेयर, रु. ८ अर्ब ९ करोड बराबरको बोनस शेयर, रु. १ अर्ब ४५ करोड बराबरको हकप्रद शेयर, रु. ६ अर्ब बराबरको डिबेन्चर, रु. ३ अर्ब ६४ करोड बराबरको म्युचल फण्ड र रु.३ अर्ब ४२ करोड बराबरको अन्य गरी कुल रु. ३३ अर्ब ११ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु. ३ अर्व ४० करोड बराबरको डिबेन्चर निष्काशन गर्न अनुमति दिएको छ ।

चार महिनामा धितोपत्र बजारमा साधारण शेयर, बोनस, हकप्रद, डिबेञ्चर म्युचुअल फण्ड र अन्य गरि कूल ३३ अर्ब ११ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकरण भएको छ ।

तथ्याङ्क अनुसार साउनदेअि कात्तिक मसान्तसम्ममा १० अर्ब ५२ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ), ८ अर्ब ९ करोड रुपैयाँ बराबरको बोनस शेयर, एक अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको हो।

यसैगरि यस अवधिमा ६ अर्ब बराबरको ऋणपत्र (डिबेञ्चर), ३ अर्ब ६४ करोड बराबरको म्युचुअल फण्डका इकाई, र ३ अर्ब ४२ करोडको अन्य धितोपत्र गरि कूल ३३ अर्ब ११ करोड रुपैयाँ बराबरको धितोपत्र नेप्सेमा सूचीकृत भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार यसवधिमा नेपाल धितोपत्र बोर्डले विभिन्न बैंकहरुलाई ३ अर्ब ४० करोड बराबरको ऋणपत्र निष्काशनको अनुमति दिएको छ ।

कार्तिक मसान्तमा सूचीकृत ४ अर्ब ४३ करोड शेयरको चुक्ता मूल्य ४ खर्ब ३४ अर्ब ९२ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here