विश्व बैंकले नेपालको विद्युत र सिँचाइ सेवामा सुधार ल्याउने दुई परियोजनाका लागि २५७ मिलियन अमेरिकी डलर (३५ अर्ब रुपैयाँ भन्दा धेरै) ऋण सहयोग स्वीकृत गरेको छ । विद्युत् वितरण सेवामा सुधार ल्याउने र सिँचाइ सेवा सुधार गरी कृषि उत्पादकत्व वृद्धि गर्न सहयोग पुर्याउने परियोजनाको मूख्य लक्ष्य रहेको विश्व बैंकले जनाएको छ ।
एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई दिंदै आएको सहयोग बढाउने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका हुन् ।