मन्त्रीमण्डल हेरफेर, श्रमबाट हटे गोकर्ण विष्ट, उद्योगमा आए भट्ट
कर वृद्धि तथा सेयरबजारको गिरावटको दोषको भागीदार बनाइएका अर्थमन्त्री डा. खतिवडालाई भने ओलीले चलाएका छैनन । यसका साथै उद्योग राज्यमन्त्रीका रुपमा नाम चलेका व्यवसायी मोतिलाल दुगडलाई ल्याइएको छ ।
‘शेखर गोल्छाको सारथी किशोर प्रधान बाहेक अरु हुन सक्दैनन्’- महासंघ पूर्व...
मूलुकले हासिल गर्न चाहिरहेको आर्थिक समृद्धिका लागि उद्योगी व्यवसायीहरु एक भएर योगदान गर्नुपर्ने उनको भनाई छ । उनले अहिलेको अवस्थामा सरकारसँग मिल्ने कुरामा मिलेर र उद्योगी व्यवसायी प्रतिकुलका निर्णयमा सरकारसँग लडेर अधिकार लिन सक्ने नेतृत्व महासंघलाई चाहिएको बताए ।
नेपालगन्जको आइसीपी निजी क्षेत्रबाट सञ्चालन तथा व्यवस्थापन गरिने
नेपालगञ्जमा निर्माणको अन्तिम चरणमा पुगेको एकीकृत जाँच चौकी (आईसीपी) को सञ्चालन तथा व्यवस्थापन निजी क्षेत्रबाट गरिने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले नेपालगञ्ज एकीकृत जाँच चौकी सञ्चालन तथा व्यवस्थापन गर्न टीआरएस एटलस लोजीपार्क प्रालिसँग सम्झौता गरेको जनाएको छ । पाँच वर्षका लागि २० करोड ८८ लाख रुपैयाँ न्यूनतम पट्टा बहाल रकम र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी सम्झौता भएको समितिले जनाएको छ । समिति र उक्त कम्पनीबीच २२ मंसिरमा सम्झौता भएको थियो ।
उखु किसानको ६ करोड तिर्न नसकेपछि अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क...
उद्योगपतिको बैंक खाता रोक्का गरी उद्योगपतिलाई उखु उत्पादक किसानकै खातामा रकम हाली दिन प्रशासन र प्रहरीले संयुक्त रुपमा पहल गरेको थियो । अहिले पनि उद्योगपति अग्रवालको बैँक खातामा १ करोड ७३ लाख रहेको छ ।
डलरकाे भाउ बढेर ११५ रूपैयाँ पुग्याे, यस्ताे छ आजको विनिमय दर
काठमाडाैं, ४ भदाै । अमेरिकी डलरकाे भाउ बढेर ११५ रूपैयाँ नाघेकाे छ ।
बुधबारकाे लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलरको खरीद...
उद्योगका सम्पूर्ण कामदारलाई खोपको व्यवस्था गर्न उद्योग संगठन मोरङको माग
उद्योग संगठन मोरङले निजी क्षेत्रका कामदार तथा कर्मचारीलाई अर्थतन्त्रको फ्रन्ट लाइनरका रुपमा लिई प्राथमिकताका साथ खोप लगाउने व्यवस्था मिलाउन अपिल गरेको छ ।
उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीप विभूषणबाट सम्मानित
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन् ।
उद्योग वाणिज्य महासंघको चुनाव फेरि सर्यो, अब कहिले ?
बिहीबार बसेको महासंघ पदाधिकारीको बैठले सरकारले हाल लकडाउन खुकुलो बनाए पनि सभा, सम्मलेन जस्ता कार्यक्रम गर्न रोक लगाएकाले निर्धारित मितिमा निर्वाचन गर्न नसकिने भन्दै तत्कालका लागि निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
कार्ल्सबर्गमा १ खर्ब रुपैयाँको खरीद-बिक्रि सम्झौता
खेतान समूहका सीपी खेतानले नेपालको गोर्खा ब्रुअरी र भारतको कार्ल्सबर्ग इन्डियाको सेयर १ खर्ब रुपैयाँ (७४ करोड ४० लाख अमेरिकी डलर) मा बिक्रि गरेको छ । सिंगापुरको कम्पनी सीएलएपीएल (सिंगापुर) होल्डिङ पीटीई लिमिटेडको ३३.३३ प्रतिशत सेयर कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेड (सीएसएपीएल)ले किनेको काल्र्सबर्गद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
एफडीआईसम्बन्धी राष्ट्र बैंकको अध्ययनले के देखायो ?
नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९\८०’ सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।
































