काठमाडौं उपत्यका भित्र एक वर्षको अवधिमा १० हजार ७३३ वटा दुर्घटना भएको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक आंकडा अनुसार पछिल्लो एक वर्षमा ती दुर्घटना भएका हुन् । यी दुर्घटनामध्ये आठ हजार ३६४ वटा दुई पाङ्ग्रे सवारी साधनको रहेको छ । तथ्यांकअनुसार सवारी दुर्घटनामा परि १९१ जनाको ज्यान गएको छ । जसमध्ये दुई पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै ११७ जनाको मृत्यु भएको छ ।
अल–न्यू स्कर्पियो–एनमायसको सेगमेन्टमा सबैभन्दा कम कार्बन उत्सर्जन हुन्छ । सुरुदेखि नै सक्षम इन्जिनियरिङ र उत्पादन विकासद्वारा यो उपलब्धि हासिल गरिएको हो ।
ग्लोबल आइएमई बैंकले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस (ड्राईभ उत्सव योजना ल्याएको छ । यसअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा विद्युतीय सवारी कर्जा लगायतका सवारी साधन योजना ल्याइएको छ ।
पुँजीगततर्फ सवारीसाधन खरिदका लागि यो वर्ष एक अर्ब ४४ करोड २६ लाख विनियोजन भएकोमा रकमान्तरबाट थप गरी सुरु विनियोजनभन्दा ४०६ प्रतिशत बढी अर्थात् पाँच अर्ब ८६ करोड ८२ लाख खर्च भएको छ ।