मध्य भोटेकोशी हाइड्रोपावरको नोक्सानी १ करोड ८५ लाख

चालु आवको असोज मसान्तसम्म कम्पनीको खुद नोक्सानी बढेर १ करोड ८५ लाख रुपैयाँ पुगेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीको नोक्सानी ७२ लाख रुपैयाँ मात्रै थियो ।

भारतले नेपालबाट थप २५१ मेगावाट बिजुली लैजाने

भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

काठमाडौंका यी ठाउँमा विद्युत आपूर्ति बन्द हुने

नेपाल विद्युत प्राधिकरणले विभिन्न मर्मत सम्भारका लागि बिद्युत कटौती गर्नुपरेको भन्दै सूचना निकालेको छ ।

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई बैंक तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजना निर्माण सम्बन्धी सम्झौता भएको छ ।

पेट्रोल, डिजेल र मट्टीतेलकाे भाउ बढ्याे

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले इन्धनको मूल्य बढाएको हो ।

नलगाड जलविद्युत् आयोजना छोड्ने सेनाको चेतावनी

सुरक्षामा खटिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म सम्झौताअनुसारको व्यवस्थापनसमेत नगरेको सेनाले जानकारी दिएको छ ।

प्राधिकरण र एडिबीबाट तनहुँ जलविद्युत आयोजनाको अनुगमन, भौतिक प्रगती ६३ प्रतिशत

टोलीले आयोजनाको मध्यवर्ती क्षेत्र ९बफर जोन०मा पर्ने थप जग्गा अधिग्रहण, ऐलानी जग्गाको समस्यालगायतका विषयमा तनहुँका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापा, सहायक प्रमुख जिल्ला अधिकारी,नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रतिनिधिसँगसमेत छलफल गरेको थियो । जग्गा सम्बन्धी समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोलीलाई आग्रह गरिएको थियो ।

काठमाडौंका यी स्थानमा दिउँसो ६ घण्टासम्म बत्ती जाने

मर्मतको काम गर्नुपर्ने भएकाले काठमाडौंको कीर्तिपुर र जोरपाटीलगायतका क्षेत्रमा आज बत्ती जाने भएको छ। कीर्तिपुर वितरण केन्द्रको रोपवे फिडर अन्तर्गत बल्खु खोला नजिक आज स्विच जडानको काम हुँदैछ।

ऊर्जामन्त्री भुसालसँग नर्वेका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् ।

लक्ष्मी पूजाको दिन भारत निर्यातका वावजुत विद्युतको उच्चतम माग धान्न सफल

लक्ष्मीपूजाको दिन भारतमा निर्यातका वावजुत विद्युतले स्वदेशी मागको उच्चतम भार समेत थेग्न सफल भएको छ । हरेक वर्ष तिहारको समयमा घर पसल र व्यबसायमा झिलिमिलि बत्ती बाल्ने भएका कारण विद्युतको उच्चतम माग हुने गर्छ ।