लिंग परिवर्तन गर्न सक्ने अचम्मको भ्यागुता

कुनै पनि प्राणीमा भाले र पोथी निर्धारण के ले गर्छ होला ? यो प्रश्नले धेरैको दिमाग खियाउन सक्छ । जस्तै भ्यागुताको कुरा गर्दा यसको लिंग निर्धारण हामीले सोचेभन्दा निकै जटिल छ ।

केही सरीश्रृप र माछाका प्रजातीहरुको लिंग निर्धारणमा वातावरणले ठूलो अर्थ राख्छ । समुन्द्री कछुवाहरु जुन तातो बालुवामा हुर्कछन् र उनीहरु धेरै जसो पोथी हुन सक्छन् ।

तर, स्तनधारी जिवहरुको लिंग भने वंशाणुगत आधारमा निर्धारण हुन्छ । उनीहरुमा भ्रुणबाट नै त्यहि अनुसारको विकास हुन्छ ।

भ्यागुता जस्ता उभयचर भने यी दुईको बीचमा हुन्छन् । उनीहरु मुख्य रुपमा वंशाणुगत प्रभाव हुन्छ तर वातावरणले पनि उनीहरुको लिंग निर्धारणमा भूमिका खेल्न सक्छ ।

हलसालै भएको एक अध्ययनले सिन्थेटिक एस्ट्रोजेन र हर्बीसाइड जस्ता केही प्रदुषकले वंशाणुगत रुपमा भाले भ्यागुताहरुलाई विस्तारै पोथी बनाउन सक्ने देखिएको छ ।

अध्ययनहरुले प्रदुषण कम हुने जंगलमा पनि यस्तो हुने देखाएको छ । सन् २०१४ मा प्रकाशित ‘प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज’ शिर्षकको शोधपत्रले अमेरिकाको शहरी क्षेत्रका पोखरीहरुमा भाले लार्भा भ्यागुताहरु पोथीमा रुपान्तरण भएको बताएको छ ।

तर, उक्त अध्ययन समूहका अनुसार जंगलका प्राकृतिक र स्वच्छ पोखरीहरुमा पनि यस्तो हुन सक्ने देखिएको छ । अध्ययनले यसलाई विशेषगरी केही प्रजातीका भ्यागुतामा हुने प्राकृतिक प्रक्रिया भएको बताएको छ ।

पियर जे जर्नलमा फेब्रुअरीमा प्रकाशित अर्को एक शोधपत्र अनुसार धेरै ठाँउमा लिंग परिवर्तन भएका भ्यागुताहरु पाइएको थियो ।

अनुसन्धानमा संलग्न अष्ट्रेलियाको म्याक्वाएर युनिभर्सिटी र युनिभर्सिटी अफ सिड्नीका रिक साइन भन्छन्,‘यो प्रदुषणको मात्रै कथा होइन, भ्यागुताले आफ्ना् लिंग स्थानीय अवस्थाहरुसार परिवर्तन गर्न सक्छन् । जसमा तापक्रम र अन्य वातावरणीय तत्वहरु पर्छन् ।’

भ्यागुताहरुमा मात्रै होइन केही प्रजातीका छेपाराहरुहरुमा यस्तो विशेषता हुन सक्ने साइन बताउँछन् ।
भ्यागुतामा यस्तो लिंग परिवर्तन लार्भाको रुपमा रहँदा हुन्छ जब भ्यागु्ता वयष्क हुन्छ त्यसपछि उनीहरुले आफ्नो लिंग परिवर्तन गर्न सक्दैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here