कम आय भएका देशका युवा धेरै खुसी र आशावादी !

यदि कसैले विकसित देशहरुको तुलनामा विकासशील देशका युवाहरु खुसी छन् भनेमा तपाईं पत्याउनु हुन्छ ? साँच्चै कसरी यस्तो हुन सक्छ भनेर तपाईं एकछिन सोचमग्न हुन सक्नुहुन्छ ।

तर, हालसालै गरिएको एक सर्वेक्षणमा यस्तो तथ्य अगाडि आएको छ जसले हामीलाई अचम्मित बनाउँछ । सर्वेक्षणका अनुसार थोरै आय भएका देशका युवाहरु धेरै आय भएका देशका युवाहरु भन्दा आशावादी र खुसी हुन्छन् ।

अध्ययनमा १५ देशका वयष्क र युवाहरु सहभागी थिए । जसमा उनीहरुको व्यक्तिगत जीवन, समुदायमा जोडिएका चुनौतीहरु तथा उनीहरुको देशको प्रगतीको दिशाको बारेमा प्रश्नहरु सोधिएका थिए ।

सर्वेक्षणमा युवाहरु आफ्नो भविष्य आफ्नो देशको भविष्य तथा दुनियाँको भविष्यलाई लिएर वृद्धवृद्धाको तुलनामा धेरै आशावादी रहेको कुरा पत्ता लाग्यो ।

साथै आशावादको स्तर निम्न एवम् मध्यम आय भएका देशका १२ देखि २४ वर्ष उमेरसमूहका युवाहरुमा धेरै भएको पनि सर्वेक्षणमा पाइयो ।

कम आय भएका देशका युवाहरुले उनीहरु आफ्नो देशमा शासनको तरिकालाई प्रभावित गर्न सक्ने विश्वास गर्ने र आफ्नो आमाबुबाको पिँढीको तुलनामा आउने पिँढीले दुनिँयामा धेरै सकरात्मक प्रभाव पैदा गर्नेछ भन्ने विश्वास उनीहरुमा रहेको सर्वेक्षणमा पाइयो ।

बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले हालसालै गरेको गोलकिपर्स ग्लोबल युथ सर्वेक्षणको परिणाममा यसको खुलासा गरेको हो ।

सर्वेक्षणमा विश्व बैंक र्याङ्किङको आधारमा उच्च आय भएका वर्गका देशहरुः अष्ट्रेलिया, फ्रान्स, जर्मनी, बेलायत, स्विडेन, संयुक्त राज्य अमेरिका र साउदी अरब तथा निम्न एवम् मध्यम आय वर्गका देशहरुः ब्राजिल, चीन, भारत, इन्डोनेसिया, केन्या, मेक्सिको, नाइजेरिया र रुसमा १२ वर्ष एवम धेरै उमेर वर्गका ४० हजार भन्दा धेरै सहभागीहरुबाट तथ्यांक संकलन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here