लगानी सम्मेलनमा उर्जाः सरकारको ८ जलाशययुक्त र निजीक्षेत्रको ११ ‘रन अफ रिभर’ आयोजना

सांकेतिक तस्वीर

काठमाडौं, १४ चैत । शुक्रबार र शनिबार काठमाडौंमा हुने नेपाल लगानी सम्मेलनमा उर्जा पूर्वाधारमा लगानीको लागि मात्रै विभिन्न १९ वटा जलविद्युत आयोजनाहरु प्रस्ताव गरिने भएको छ ।

सरकारले निजीक्षेत्रको आयोजनामा शुक्रबार र शनिबार आयोजना गर्ने दुईदिने सम्मेलनमा करीब ३० खर्ब बराबरको लगानी प्रतिबद्धता आउने अनुमान गरिएको छ ।

सम्मेलनमा करीब ७ हजार मेगावाट बराबरका जलविद्युत आयोजनामा निर्माणको प्रस्ताव गरिने छ ।

सम्मेलनमा प्रस्ता गरिने १९ वटा जलविद्युत आयोजना मध्ये ८ वटा जलाशययुक्त आयोजना सरकारले प्रस्ताव गर्ने छ भने निजी क्षेत्रले ११ वटा रन अफ रिभर प्रकृतिका आयोजना प्रस्ताव गर्ने छन् ।

लगानी बोर्डले प्रस्ताव गरेका ६ हजार ९३ मेगावाट क्षमताका आठ आयोजना निर्माणका लागि करिब १० खर्ब रुपियाँ लागत अनुमान छ ।

त्यसमा ४०० मेगावाटको नलसिंहगाड, ६५२ मेगावाटको एसआर सिक्स, १११० मेगावाटको सुनकोशी २, ५३६ मेगावाटको सुनकोशी ३, ७५६ मेगावाटको तमोर, १२ सय मेगावाटको पश्चिम सेती र एसआरसिक्स, ७५० मेगावाटको पश्चिम सेती र एसआरसिक्स जलाशय युक्त आयोजना र ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना रहेका छन् ।

यता निजी क्षेत्रले भने ‘रन अन रिभर’ मोडलका ११ आयोजनालाई प्राथमिकता दिएको छ ।

यसमा १८ मेगावाटको इंगुवा खोला, १६४ मेगावाटको कालिगण्डकी खोला, १३२ मेगावाटको तल्लो वरुण, ५३ मेगावाटको मध्य कालिगण्डकी, ५७ मेगावाटको म्याग्दीखोला, २६० मेगावाटको नामलाङ खोला जलविद्युत आयोजना रहेका छन् ।

त्यस्तै ५० मेगावाटको तराप खोला, ३० मेगावाटको त्रिशुली गल्छी, ३६ मेगावाटको माथिल्लो बलेफी ए, ४६ मेगावाटको माथिल्लो बलेफी र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना पनि निजीक्षेत्रको सूचीमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here