रियालिटी शो ले साच्चै जन्माउला नयाँ लिडर ?

काठमाडौं । पछिल्लो समय नेपाली टेलिभिजनहरुका रियालिटी शो को बाढी नै चलेको छ । फरक-फरक टेलिभिजनहरु रियालिटी शो प्रतिस्पर्धाको रुपमा नै देखिन थालेको छ ।

गीतसंगीत,कमेडी अन्य विभिन्न प्रकारका सीप वा सेलिब्रिटी स्टेटसमा आधारित रियालिटी शोहरू आज भोलि बग्रेल्ती छन् ।

तिनमा मानिसको रुचि देखिन्छ । टेलिभिजनको व्यापार तिनमा टिकेको छ । तर, राजनीतिक नेतृत्त्व चयन गर्न बनाउन लागिएको रियालिटी शो ‘द लिडर यो राष्ट्रको सेवक,भने भिन्न खालको रहेको छ ।

यसमा समर्थन र विरोध उत्तिकै रुपमा रहेको छ । यसको कुनै विधि वा पद्धति छैन । ‘जज’ का रूपमा चर्चामा आएका बाबुराम भट्टराई र रवीन्द्र मिश्र, जो स्वयम् नेतृत्त्वमा शानदार रूपमा असफल देखिएका नेताका रुपमा पर्छन् ।

राष्ट्रिय पार्टी बन्न बन्चित भएका मिश्र, तलमेल गर्दै मधेस झरेर राजनीतिक अस्तित्व जोगाउन संघर्ष गरेका भट्टराई उनीहरूले अरूको नेतृत्त्व क्षमता कसरी मूल्याङ्कन गर्लान् ? भन्ने प्रश्न उठ्न थालेको छ ।

नेता बन्नको लागि कयौ वर्षदेखि सडक संघर्ष गरेका आईरहेका युवाहरुले स्थान नपाई रहेको नेपालमा रियालिटी शो बाट बन्ने नेतृत्वको भूमिका के रहला त्यो भने हेर्न बाँकी नै रहेको छ ।

राजनीतिक नेतृत्त्व विकास गर्नका लागि व्यक्तिको समाजसँग गहिरो र अर्थपूर्ण सम्बन्ध हुनुपर्छ । आम मानिसको व्यक्तिगत जीवनसँग आफूलाई एकाकार गरेको हुनुपर्छ ।

रूपान्तरणका लागि आवश्यक गहन र यथार्थपरक दृष्टिकोण बोकेको हुनुपर्छ । विश्वको नै इतिहास हेर्ने हो भने आन्दोलन र कुनै सामाजिक मुद्दाले नेता जन्मिदै आएका छन् ।

नेपालको इतिहासमा जहाँनियाँ राणाको अन्त्य,२००७ सालमा प्रजातन्त्रको लागि क्रान्ति, पञ्चायतबिरुद्धको आन्दोलन र माओवादी विद्रोह, मधेस आन्दोलनले गाउँगाउँबाट नेता जन्मिएका थिए । नेता बन्न संगठन चाहिन्छ, जनताको विश्वास चाहिन्छ ।

को बन्छ करोडपति’ सञ्चालनमा ल्याएको ‘एसआरबीएन’ मिडियाले ‘द लिडर’ कार्यक्रम ल्याउन लागेको छ ।

प्रतिस्पर्धीबाट ‘द लिडर’ का विजेतालाई काठमाडौंमा अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कृत गरिने छ । ‘द लिडर’ संसारकै पहिलो फरक कार्यक्रम हुने आयोजकको दाबी छ ।

प्रतिस्पर्धीको भाषण र भिजन दुवैका आधारमा विजेता छनोट गरिने आयोजकले जनाएको छ । यसबारे संघर्षको मैदानबाट सडकमा आएका नेताहरुले असन्तुष्ट जनाएका छन् ।

व्यवस्था परिवर्तन गर्ने क्षमताले देश विकास गर्न सक्छ ? अबका जमानामा नेता बन्न चाहिने क्षमता के हो ? यसमा नयाँ ढंगले छलफल सुरु गर्न आवश्यक छ ।

द लिडरले नेता जन्माओस्/नजन्माओस् । सफल होस् वा नहोस् तर नयाँ जमानामा कस्तो नेता चाहिन्छ भनेर बहस गर्ने र आम जनमानसमा नयाँ कौतुहलता पैदा गर्ने काम गर्न सकेमा कार्यक्रमलाई सफल मान्न सकिने आधार सिर्जना हुनेछ ।

‘द लिडर’ ले सक्षम नेता उत्पादन गर्छ भनेर सोच्नु पनि भ्रम होः आर.सी.लामिछाने (युवा नेता ने.क.पा.)

लामो समयदेखि विद्यार्थी आन्दोलनमा होमिदै देश, समाजको र विद्यार्थीको हकहितको लागि लड्दै आएका अनेरास्ववियु केन्द्रिय कमिटी सचिब तथा प्रवक्ता आर.सी. लामिछाने रियालिटी शोले सक्षम नेता उत्पादन गर्छ भन्नु भ्रम भएको बताएका छन् ।

क्लाउड पत्रिकासँगको कुराकानीमा उनले द लिडरको प्रचारको विषयमा देश नैै केन्द्रित भएको पाईए पनि यो आवश्यकता भने नभएको बताए ।

एउटा टि.भी च्यानल, युट्युव च्यानलको लागि पैसा कमाउने माध्ययम बनाउनको लागि राम्रो हो तर, यसले देशको मर्म बुझ्ने, सक्षम र निस्वार्थ रुपमा देशको सेवा गर्ने लिडर उत्पादन गर्छ भनेर कल्पना गर्नुपनि भ्रम हो उनले भने ।

यस्ता कार्यक्रमबाट आएका मानिसहरुको चर्चा हुनु, भाइरल हुन स्वभाविक हो । हाम्रो देशमा तरकारीवाली, अघोरी बाबा, मुकुन्दे, रमेश प्रसाई भाईरल हुन्छन् भने रबी लामिछानेको कार्यक्रमबाट आएका व्यक्तिहरु पनि भाईरल हुनु, चर्चा हुनु स्वभाविक हो ।

असल बक्ता, प्रविधिको ज्ञान भएको जिब्रो फड्कारे बोल्न जान्ने मानिस त उत्पादन होला तर जिब्रो फड्कारेर नेता बनिदैन् । राजनिती टेलिभिजनमा बोलेको जस्तो होईन् ।

बाहिरबाट यसो गर, त्यसो गर भन्नु र मैदानमा उत्रिएर काम गर्नुमा फरक हुन्छ । २० लाख रुपैयाँ, अपार्टमेन्ट र एउटा कारको लोभमा कार्यक्रममा आएको एउटा व्यक्ति कसरी असल लिडर बन्न सक्छ ?

अर्को कुरा राजनितीमा जोकर प्रमाणित भईसेकेका मानिसहरुलाई जज बनाएर छानिएको लिडर सक्षम होला भन्ने सोच्नु नै गलत छ । अवश्य पनि राम्रो वाक् कला भएका मानिस नै विजेता हुने कारण हाम्रो संगठनमा आए हामी उसलाई एउटा साधारण सदस्यता भने दिन्छौं ।

नेपाललाई हाक्ने एउटा असल लिडरको आवश्यकता त छ । तर, ‘द लिडर’ ले त्यस्तो लिडर उत्पादन गर्न चाँही सक्दैन्ः दिपक लामा (काग्रेस युवा नेता)

हामीले द लिडर कार्यक्रमलाई सकारात्मक रुपमा नै हेर्नुपर्छ । पछिल्लो समयको नेपाली राजनितीलाई हेर्ने हो भने नेपाललाई साच्चै एउटा असल लिडरको आवश्यकता छ । तर, रबी लामिछानेको कार्यक्रम ‘द लिडर’ ले नै त्यो लिडरको जन्म दिन्छ जस्तो भने मलाई लाग्दैन् ।

मलाई यो कुरा एक प्रकारमा व्यङ्ग्य हो कि जस्तो पनि लाग्छ । केही समय अघी चीनले हामीलाई ट्रलिबस दिएको थियो । यसले नेपाल जलस्रोतको धनी देश हो है, तिमीहरु यो कुरामा ध्यान दिदै जलविद्युत उत्पादन गरेर ट्रलिबस सञ्चालन गर भन्ने कुराको संकेत गरेको थियो ।

त्यस्तै नै द लिडर कार्यक्रमले पनि नेपाललाई लिडर आवश्यकता छ है अब आउने मानिसहरु सक्षम भएर आउ भन्न खोजेको जस्तो लाग्छ । यसमा राम्रो गर्ने, राम्रो भिजन भएको र राम्रो बक्ता नै लिडर घोषित हुने कारण जजहरुको मुल्याङ्कन गर्नु आवश्यक हुँदैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here