पानी कसरी पिउने, उठी-उठी पिउन हुन्छ कि हुँदैन ?

काठमाडौं । मानिसलाई स्वस्थ रहनको लागि पर्याप्त मात्रामा पानी पिउनु आवश्यक हुन्छ ।

चिकित्सकहरुका अनुसार पर्याप्त मात्रामा स्वच्छ पानी सेवन गरेमा मानव शरीरमा लाग्न सक्ने रोगहरुको जोखिम ७० प्रतिशतले कम हुन्छ ।

एक वयष्क मानिसलाई दैनिक दुई देखि तीन लिटर पानी पिउने सल्लाह चिकित्सकहरुले दिने गर्छन् ।

पानीलाई मानव जीवनको सबैभन्दा महत्वपुर्ण कुरा वा वस्तुको रुपमा व्याख्या विश्लेषण पनि गर्ने गरेको पाईन्छ ।

पानी पिउन धेरैले ध्यान दिँदैनन् । धेरैको मानिसको बानी प्यास लागेपछि मात्रै पानी पिउने हुन्छ । अझै धेरै मानिसहरुले दिँउसो वा रातीमा मात्रै पानी पिउने गर्छन् । तर धेरै मानिसहरु उठेर नै पानी पिउने गर्छन् त्यसको बेफाईदा धेरै रहेको छ ।

तर, यसरी पानी पिउदाँ हाम्रो शरीरमा विभिन्न प्रकारका समस्याहरु आउने गर्छ । यसरी पानी पिउदाँ हर्ट अट्याक समेत हुने खतरा हुन्छ । स्वास्थ्यकर्मीहरुका अनुसार हरेक पटक बसेर पानी पिउने गर्नुपर्छ ।

यसका साथै धेरै चिसो पानी पनि पिउनु हुदैन् साथै एकै सासमा पानी पिउनु पनि हुँदैन् ।

मनतातो पानीलाई विस्तारै घुटघुट परेर पिउनु सबैभन्दा राम्रो र उत्तम मानिन्छ । यसरी पानी पिउदाँ शरीरलाई कुनै प्रकारको नकारात्मक हानी पनि पुग्दैन भने पानी हाम्रो शरीरका हरेक केशीकासम्म पुग्ने गर्छ ।

उठेर पानी पिउदाँ कसरी गर्छ असर

— उठेर पानी पिउदाँ फिल्टर बिमा नै पानी किड्नीभन्दा बाहिर जान सक्छ, यसले किड्नी सम्बन्धी विभिन्न प्रकारका समस्याहरु पनि आउन सक्छ ।

— खाना राम्रोसंग पच्न पाउदैन्, जसको कारण खाना कोलेस्ट्रोलको रुपमा विकास हुन्छ र मुटु सम्बन्धी समस्या पनि हुन्छ ।

— खाना राम्रोसंग नपच्ने भएको कारण पाचन प्रणाली सम्बन्धी समस्याहरु पनि हुन्छ ।

— कब्जियतको समस्या पनि हुन्छ ।

— शरीरमा आवश्यकता भन्दा धेरै एसिड जम्मा हुन्छ जसको कारण ग्यास्टिकको समस्या पनि हुन्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here