संसारबाट सबै किरा फट्याङग्रा लोप भए के हुन्छ ?

काठमाडौं । हामी मध्ये धेरैलाई किरा फट्याङग्रा मन पर्दैन । अझ किरा फट्याङग्राहरू तपाईँको वरपर भुन्भुनाएको वा खानेकुरामा आएर बस्यो भने रिस उठ्न सक्छ ।

झिंगा, लामखुट्टे तथा अन्य विभिन्न प्रकार, प्रजाति र प्रकृतीका किराहरुले हाम्रो वरपर,घर र खानेकुरामा आएर बसेर दिक्क बनाउँछ ।

यस्तो अवस्थामा हामी यस्ता किराहरु मार्ने प्रयासमा हुन्छौं, कतिपय त मार्छौ पनि । तर, तपाईं किरालाई मार्ने गर्नुहुन्छ भने एकपटक अवश्य सोँच्नुहोस्, किनकि हरेक दिन संसारमा किराको संख्या कम हुँदैछ ।

विशेषगरी मौरी, कमिला र गोब्रे किरा स्तनधारी, जलथल प्राणी अनि चराहरु भन्दा ८ गुना तिव्र रुपले लोप भइरहेका छन् । तर यता झिँगा, साङ्ला लगायतका प्रजातिहरु भने अझ बढ्दै जाने अनुमान गरिएको छ ।

किरा फट्याङ्ग्राको सङ्ख्याबारे गरिएको एक वैज्ञानिक समीक्षापछि तिनका प्रजातिमा पृथ्वीभर ठूलो गिरावट आइरहेको पत्ता लागेको छ ।

वातावरणको संरक्षण र हामीलाई आवश्यक पर्ने खाद्य पदार्थ उत्पादनमा किराको भूमिका महत्वपूर्ण हुन्छ । यस्तोमा किराका प्रजाति विनाश हुँदै जानुले सबैभन्दा पहिले मानिसलाई अन्न उब्जाउनमा समस्या गराउँछ भने प्राकृतिक चक्र अर्थात ‘इकोसिस्टम’ मा पनि नकारात्मक असर पर्दछ ।

लण्डनको नेचुरल हिस्ट्री म्यूजियमका सिनियर क्यूरेटर डा. एरिका मेकलिस्टर भन्छन्, ‘यदी हामीले संसारका सबै किराहरु मारिदियौं भने हामी स्वयम पनि मर्छौं ।’ यदी तपाईंको प्रश्न यी अर्बौ विभिन्न किराहरुको काम यो धर्तीमा के काम छ र रु भन्नुहुन्छ भने उनीहरुको मुख्य काम माटोको उर्वराशक्ति वृद्धि गर्नु हो ।

यसका साथै किरा चरा, भ्यागुता तथा अन्य विभिन्न प्रकारका साना जनावरको खानाको रुपमा पनि रहन्छन् । सिड्नी विश्वविद्यालयसंग अवद्ध भएका डा. फ्रान्सिस्को सान्चेज भन्छन्, ‘लगभग यो विश्वमा ८ प्रतिशत भन्दा धेरै जनावर आफ्नो भोजनको लागि साना किराहरुमा निर्भर रहन्छन् ।

किराको संख्या संसारबाट लोभ हुँदै गर्दा चरा, भ्यागुता, तथा माछाहरुको संख्यामा पनि विस्तारै गिरावट आउँदै छ ।’

सित्तैमा सेवा दिन्छन् किरा

दोस्रो जनावरहरुको खाना निर्माण गर्नको साथै परागणमा पनि किराको भुमिका महत्त्वपुर्ण हुन्छ । एक अध्ययनको अनुसार विश्वभर किराको कारण ३५० अर्ब अमेरिकी डलर भन्दा धेरैको फाइदा हुन्छ ।

यसका साथै जंगली मौरीको कुरा गर्ने हो भने विश्वका हरेक देशमा वर्षेनी यसको संख्यामा कमी आइरहेको छ । यसै सन्दर्भमा एउटा प्रश्न उठिरहेको छ — के हामी किराको संख्या वार्षिक रुपमा घट्दै गएको कारण चिन्तीत छौं ?

कति ठूलो छ किराहरुको संसार

के तपाईंलाई थाहा छ यो ब्रमाण्डमा किराहरुको संख्या कति छ ? अमेरिकी संस्था स्मिथसोनीयन विश्वविद्यालयको अनुसार किराको संख्या मानिसहरुको कुल संख्याको १७ गुना धेरै छ ।

यस संस्थाको अनुसार सारा विश्वमा कुनैपनि समयमा किराको संख्या गन्ने हो भने १० अर्ब अर्ब हुन्छ ।

यसलाई अंकमा देखाउने हो भने १०,०००,०००,०००,०००,०००,००० प्रजातिको कुरा गर्ने हो भने संसारमा दुई देखि ३० मिलियन प्रजातिका किरा छन् ।

डरलाग्दो सत्य

सन् २०१९ को फेबु्रवरी महिनामा बायोलोजीकल कन्जरभेसन नामको जनरलमा प्रकासित एक रिपोर्टले डरलाग्दो सत्य बाहिर ल्याएको छ ।
रिपोर्टका अनुसार जर्मनी, ब्रिटेन जस्ता देशहरुमा किराको संख्या निरन्तर घट्दै गएको छ । हरेक वर्ष यी देशमा किराहरुको संख्यामा २.५ प्रतिशत भन्दा धेरैको कमी आइरहेको छ ।

खतरनाक बिमारी

सन् २०१७ को एक रिपोर्ट अनुसार पछिल्लो ३० वर्षमा जर्मनीको ६० संरक्षित क्षेत्रमा रहेको किराको संख्यामा ७५ प्रतिशतले कमी आएको छ ।
जसको कारण विश्वभरबाट किरा तथा पतिंगरका धेरै प्रजातिहरु अबको केही वर्षमा नै लोभ हुन्छन् ।

किरा फट्याङ्ग्राको दुश्मन को ?

सहरीकरण र धेरै खेती गर्ने आशामा जंगलको फडानी नै किरा फट्याङ्ग्रा लोभ हुने मुख्य करण मानिन्छ । उनीहरु लुक्ने ठाउँको अभावन भएको कारण उनीहरुको संख्यामा निरन्तर कमी आइरहेको छ ।

डा. मेकलिस्टर भन्छन्, ‘यी सबै साना साना जीवहरुलाई वयस्क बन्नको लागि रुखको आवश्यक पर्छ, यसका अलवा झरेको पात पनि उनीहरुको लागि आवश्यक हुन्छ । यदी हामी यस्ता रुखहरु काँटीदिने हो किराहरु त अवश्य नै लोभ हुन्छन् ।’

यसका साथै विभिन्न प्रकारका किटनासक औषधीको प्रयोग, तापक्रम वृद्धि साथै अन्य प्रजातिका जनावरको संख्या बढ्नु पनि किरा फट्याङ्ग्रा लोभ हुने मुख्य कारण हो ।

किरा फट्याङ्ग्रालाई कसरी बचाउन सकिन्छ ?

तर, वैज्ञानिकहरु भन्छन् मानव प्रजातिसंग अझैपनि सहि कदम उठाउने समय छ । डा. बायो बताउँछन्, ‘रुख रोप्नु खेतीमा फूल हुने खालका वनस्पति रोप्नु, रसायनको प्रयोगमा रोक लगाउनुका साथै कार्बन पैदा गर्ने क्रियाकलाप रोक्न सक्ने हो भने अवस्था फेरी सामान्य हुन्छ ।

यसका साथै मानिसहरु आर्गेनिक खानेकुराहरु खान सुरु गर्ने हो भने किरा फट्याङ्ग्राको अस्तित्व बाँचिरहन्छ ।
(बिबिसी हिन्दीबाट अनुवादित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here