मध्यावधि समीक्षा : साँघुरिदै व्यापार घाटा, आयात घट्यो

काठमाडौं, २९ माघ । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । बुधबार अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार करीब १० प्रतिशत घटाएको हो ।

सरकारले चालु आर्थिक वर्ष (आव) को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट ल्याएको थियो ।

तर छ महिनाको अवधि सम्म ४ खर्ब २२ अर्ब रुपैयाँ मात्रै खर्च भएपछि बजेटको सीमा घटाईएको हो ।

बुधबार भएको अर्ध वार्षिक समीक्षामा अर्थमन्त्री खतिवडाले बजेट संशोधन १३ खर्ब ८५ अर्ब ९५ करोड रूपैयाँमा झारेका हुन् ।

व्यापार घाटामा सुधार

आयात घट्नु र निर्यात बढ्नुले समग्र वैदेशिक व्यापार घाटामा थोरै सुधार आएको देखिन्छ । ६ महिनामा कुल व्यापार घाटा ६ दशमलव १ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ कायम भएको छ ।

तथ्यांकअनुसार ६ महिनाको अवधिमा कुल वस्तु निर्यात २६ दशमलव १ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ भने कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।

अहिले विलासिताको सामान आयातमा कडाइ गरिएको छ । नेपालमै उत्पादन हुने वस्तुको आयातमा भन्सारका दरसमेत बढाइएको छ ।

त्यस्तै रेमिट्यान्स आप्रवाह शून्य दशमलव ९ प्रतिशतले बढेर ४ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ पुगेको अर्थमन्त्री खतिवडाले जानकारी दिएका छन्।

पहिलो छ महिनासम्मको औसत मुद्रास्फीति अघिल्लो वर्षको ४ं.४ प्रतिशतको तुलनामा केही उच्च रही ६.४ प्रतिशत पुगेको छ। केही खाद्य वस्तुको मूल्य वृद्धि उच्च भएकाले समग्र मूल्य स्थितिमा चाप परेको छ।

कुल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.१ प्रतिशतले वृद्घि भई ५७ अर्ब २८ करोड पुगेको छ। कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here