‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ नारामै, भित्रियो २८ अर्बको चामल

फाइल तस्विर

काठमाडौं, १५ असार । नेपालले ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ १७ औं धान दिवस मनाइरहेको छ।

कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको छ । त्यसको कारण नै यो नारामा मात्रै सीमित भएको पाइन्छ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार गएको पाँच वर्षमा धान उत्पादन १० प्रतिशतले बढेको छ। गएको वर्ष नेपालमा ५५ लाख टन धान उत्पादन भएको सरकारी तथ्यांक छ।

तर, मुलुकबाट धान निर्यात भएर पुनः चामलको रूपमा नेपाल भित्रिने गरेको छ ।

चालू आर्थिक वर्ष २०७६/ ७७ को १० महिनामा २८ अर्ब रूपैयाँ बराबरको ६७ करोड २१ लाख किलो धान तथा चामल आयात भएको छ।

त्यसमध्ये ४२ करोड २६ लाख किलो मसिनो तथा मिठो वास्नादार चामल आयात भएको छ। सरकारले कृषिमा आत्मनिर्भर बन्ने भएर ल्याएको कुनैपनि कार्यक्रम प्रभावकारी बन्न नसकेको देखिन्छ ।

नेपालमा बर्खे धान र चैते धान भन्ने दुई जातिका धान रोपिने गर्छ । जुन चैते धान विशेष गरी तराई क्षेत्रमा रोपिने गर्छ । बर्खे धान पहाडी क्षेत्रमा धेरै रोपिन्छ ।

नेपालमा मोटो धान बढि रोपिन्छ भने मसिनो धान थोरै मात्रामा रोपिने गर्छ । नयाँ उन्नत जातका धानको बीउको कमि हुँदा उत्पादन फस्टाउन सकेको छैन । सरकारले मसिनो धान उत्पादन तथा क्षेत्र विस्तारमा जोड दिन सकेको छैन ।

वर्षेनी कृषि जमिन घट्दै गइरहेको छ । घट्दै गएको कृषि जमिनमा धान उत्पादन गरेर आत्म निभर हुने सपना देख्नु निकै चुनौतिपूर्ण रहेको छ ।
खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

सरकारले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here