दोधारा चाँदनीमा बाढीकै त्रास

पप्पु गुरुङ्ग, दोधारा,१० साउन । महाकली र जगबुडा नदीको बहाव तीव्र भए संगै कञ्चनपुरको माहाकाली नगरपालिकाको वि भिन्न भागमा बाढीको त्रास बढेर आएको छ् ।

महाकाली र जगबुडा नदीमा रहेको कुतियाकवर, शान्ति टोल, बैतिफाँटा तथा प्रधानटोल, सुन्दरनगर, १८ नं. पिल्लर बस्ती लगाएतका गाँउमा पानीको सतह बढ्न थालेपछि स्थानियहरुमा त्रास छाएको हो ।

स्थानिय प्रेम कार्की अनुसार महाकाली र जगबुडा नदी एक आपसमा ठोक्किदाँ नदीको पानी ओभरफ्लो भएर बस्तीमा पस्ने गरेको बताए ।

महाकाली नदीको बहावको संग जगबुडा नदीको बहाव ठोक्कीदा जगबुडा नदीको पानी माहाकाली नगरपालिका वडा नं. १० को शान्तिटोल, बैतिफाँटा तथा कुतियाकवर क्षेत्रमा पस्ने गरेको उनको भनाई रहेको छ् ।

बिगतका दिनहरुमा कुतियाकवर, शान्ति टोल, बैतिफाँटामा नदीको बाढी बस्तीमा पस्दा स्थानियहरु नजिकमा रहेको ओमकार निमाबि तथा अम्बिका उच्च माबिमा आश्रय लिन बाध्य भएको थिए ।

महाकाली नदी र जगबुडा नदी दोभानमा बस्दै आएका घरपरिवारले सुरक्षित बासस्थानको मा“ग गरे पनि समस्याको समाधान हुन सकेको छैन् ।

माहाकाली नगरपालिकाको पहलमा कुतियाकवर, सुन्दरनगर आसपास केही क्षेत्रमा तटबन्ध निमार्ण कार्य समेत भएको छ् । तर जगबुडा नदी नियन्त्रण तथा रोकथाममा गुरुयोजना संचालन गर्न स्थानियहरुले माग राख्दै आएका छन् ।

बर्तमान सरकारले जगबुडा नदी नियन्त्रणमा फाटफुटरुपमा कार्यक्रम संचालन गरेको र वडा नं. ३ देखि वडा नं. १० महाकाली र जगबुडा नदीको दोभान क्षेत्र सम्म गुरुयोजना संचालन गर्नु पर्ने तटिय क्षेत्रमा बस्दै आएका स्थानियहरुको माग रहदै आएको छ् ।

महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बस्दै आएका स्थानियहरु अहिले महाकाली र जगबुडाको बहाव बढ्दै जादा उनिहरुलाई चिन्ताले सताउन थालेको हो ।

बाढीमा बालबालिका, गर्भवती र वृद्ध वृद्धालाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता रहेको उनको भनाई छ् । सरकारले झोलुङ्गे कहिले बनाईदेला भन्ने पर्खाईमा अठार नम्वर पिल्लर बस्तीका स्थानियहरु बस्दै आएका छन् । माहाकाली नगरपालिका वडा नं. १० स्थित रहेको अठार नम्वर पिल्लर बस्तीमा झण्डै ६ घरधुरी बस्दै आएका छन् ।

अठार नम्वर पिल्लर बस्ती नेपाल–भारत सिमा क्षेत्र संग गाँसिएको बस्ती हो । सरकारले बस्ती जोगाउन पहल नगरेको कारण झण्डै २० घरधुरी बिगतका दिनहरुमा बिस्तापित भएको अठार नम्वर पिल्लर बस्तीका बुढा पाखाहरु बताउछन् ।

बस्तीमा झण्डै १ सय बिगाह भन्दा बढी स्थानियहरुले जग्गामा धान तथा मकै खेती छ् । जगबुडा नदीमा अहिले आएर जग्गा कटानी गर्न थालेको छ् ।

सुन्दर ओली, रमेश दमाई, दान सिंक भट्ट लगाएत एक दर्जन भन्दा बढी स्थानियहरुको जग्गा जगबुडा नदीले जग्गा कटानी गर्दै गरेको उनिहरु बताउँछन् ।

महाकाली नदी र जगबुडा नदीको बाढको कारण तटिय क्षेत्रका स्थानिय जाग्रम बस्दै आएको स्थानिय डम्मरा देबी ओलीले बताएका छन् ।

महाकाली र जगबुडा नदीमा पानी छोड्ने नछोड्ने भारतको हातमा रहेको हुदाँ आफुलाई चाहिए जति पानी लिने र बाकी पानी नेपाल तिर छाड्ने गर्दा माहाकाली नगरपालिकामा डुवान तथा कटानको समस्या आएको स्थानियहरुको ठहर छ् ।

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका अवसरमा महाकाली सिचाइ आयोजना निर्माणका लागि रु. १६ अर्ब उपलब्ध गराउने आश्वासन दिएका थिए ।

भारतको एक्जिम बैंक मार्फत नेपाललाई उक्त रकम उपलब्ध गराउने भनिए पनि हाल सम्म सो कुराको टुंगो लागेको छैन ।

यता माहाकाली नगरपालिकाले निड्स नेपाल र युनिसेफ संग समन्वय गरि बिपद्को बेला भैपरी आउने समस्यालाई हल गर्न बिभिन्न कार्यक्रम तय गरेको छ् ।

बाढीको बेला माहाकाली नगरपालिकाका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुलाई बाढीबाट हुने डुवान तथा कटानबाट हुने धनजनको क्षतीबाट जोगाउन बिभिन्न योजना निमार्ण गरेको माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here