छ महिनामाको अवधिमा विश्व पर्यटन क्षेत्रमा तीन खर्ब २० अर्ब घाटा

काठमाडौं, १४ साउन । कोरोनाभाइरस संकटले २०२० को पहिलो ६ महिनाको अवधिमा विश्वको पर्यटन क्षेत्रमा प्रत्यक्ष ३ खर्ब २० अर्ब अमेरिकी डलरबराबरको राजस्व संकलनमा क्षति पुगेको छ। यसका कारण लाखौं व्यक्तिको रोजगारीलाई जोखिममा पारेको छ।

संयुक्त राष्ट्रसंघको म्याड्रिडस्थित विश्व पर्यटन संगठनले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘सन् २०२० को जनवरीदेखि मे महिनासम्ममा सन् २००९ को विश्वव्यापी आर्थिक संकटको वेलाको घाटाभन्दा तीन गुणा बढी घाटा भएको जनाएको हो ।

महामारीको यो अवधिमा सङ्क्रमण नियन्त्रणका लागि गरिएका प्रतिबन्धात्मक पहलका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमन ३० करोडले वा ५६ प्रतिशतले घटेको संगठनको ठहर छ ।

महामारीबीच पर्यटन गतिविधि बिस्तारै केहि गन्तव्यहरुमा सञ्चालन हुन थालेको छ । संयुक्त राष्ट्रसंघीय उक्त सङ्गठनले यस क्षेत्रमा ‘गम्भीर तथा नकारात्मक जोखिम’ को सामना गर्नुपरेको बताए ।

भाइरसको सङ्क्रमणको पुनः आगमनले नयाँ लकडाउन, यात्रा प्रतिबन्ध र ‘अधिकांश गन्तव्यहरु’ मा सीमा बन्द गर्न सक्ने र यसले थला परेको पर्यटन क्षेत्रलाई थप प्रभावित पार्ने सम्भावना रहेको भन्दै नियन्त्रणका लागि अपनाइने प्रतिबन्धात्मक नियमबारे सम्वेदनशिल बन्न पनि उनले जोड दिए ।

उनले अन्तर्राष्ट्रिय पर्यटनका प्रमुख स्रोत मानिने संयुक्त राज्य अमेरिका र चीनलगायतका केही गन्तब्यमा अझै पनि पर्यटन गतिविधिमा सुधार हुन नसक्नुलाई चिन्ताको विषय भनेका छन् ।

संयुक्त राष्ट्र संघले मेमा पूर्वानुमान गरे अनुसार कोरोनाभाइरसका कारण सन् २०२० मा अन्तर्राष्ट्रिय पर्यटन गतिविधिमा ६०देखि ८० प्रतिशतले गिरावट हुनसक्ने बताएको थियो ।

सन् २०१९ मा अन्तर्राष्ट्रिय पर्यटन आगमनमा चार प्रतिशतले बढेर एक खर्ब ५० अर्ब पुगेको राष्ट्रसङ्घको तथ्याङ्क छ । विश्वको सबैभन्दा धेरै भ्रमण गरिएको देशमा क्रमशः फ्रान्स, स्पेन र संयुक्त राज्य अमेरिका पहिलो दोस्रो र तेस्रो स्थानमा रहेका संगठनले जनाएको छ ।

सन् २००९ को विश्वव्यापी आर्थिक सङ्कटका कारण अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा पनि गिरावट आएको थियो । एजेन्सी

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here