बन्दाबन्दीमा ४ प्रतिशत उद्योगमात्र पूर्ण क्षमतामा सञ्चालन, ६१ प्रतिशत बन्द

काठमाडौं २१, साउन । कोरोनाको जोखिमको कारण गरिएको बन्दाबन्दीमा ४ प्रतिशत उद्योगमात्र पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको छ । सो अवधिमा ६१ प्रतिशत उद्योग पूर्ण रुपमा बद रहेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । ३५ प्रतिशत उद्योग आशिंक रुपमा चलेको पाइएको छ ।

पूर्ण रुपमा बन्द हुने उद्योगमा शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप, यातायात तथा भण्डारण क्षेत्रका अधिकांश उद्योग÷व्यवसाय छन ।

सो अवधिमा कृषि, वन तथा मत्स्यपालन, सञ्चार र स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रका धेरै उद्योग÷व्यवसाय भने पूर्णरुपमा सञ्चालनमा भएको देखिन्छ ।

स्वास्थ्य तथा सामाजिक कार्य, खानी तथा उत्खनन, उत्पादनमूलक उद्योग, विद्युत् ग्याँस तथा पानी, कृषि वन तथा मत्स्यपालन क्षेत्रका आधा भन्दा बढी उद्योग÷व्यवसाय आंशिकरुपमा सञ्चालन भएको अध्ययनले देखाएको छ ।

सो अवधिमा ठूला र मझौला उद्योग\व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम/साना खुद्रा व्यापार र साना उद्योग/व्यवसाय बढी प्रभावित भएको देखिन्छ ।

बन्दाबन्दीले उद्योग सञ्चालन हुन नपाएपछि करिब ७४ प्रतिशतले उत्पादन घटेको छ । अध्ययनमा सहभागीमध्ये ०.९ प्रतिशत उद्योग/व्यवसायको उत्पादन/कारोबार १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको पूर्ववत अवस्थामा रहेको बताएका छन् ।

यससम्बन्धी थपः

बन्दाबन्दीमा २२.५ कर्मचारीले रोजगारी गुमाए, जसमा ५८ प्रतिशत अस्थायी छन

१७.३ प्रतिशत उद्योगी व्यवसायीले मात्र ब्याज छुट सुविधा पाए, ८० प्रतिशत बढीले पाएनन

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here