‘धमनीहरुको अवरोध बाहेक अन्य कारणले पनि हुन सक्छ हृदयघात’

नेपाली मुटूरोगीहरुमध्ये ९८% ले नियमीत रुपमा सुर्तिजन्य पदार्थ सेवन गर्छन्

 काठमाडौं, २२ बैशाख। आमरुपमा हृदयघातको मुख्य कारण धमनीहरुको अवरोधलाई मानिँदै आएपनि एक चर्चित भारतीय चिकित्सकले गरेको नयाँ शोधबाट यसको अरु कारणहरु पनि हुनसक्ने तथ्य सार्वजनिक भएको छ ।

हृदयघात जीवन जोखीममा पार्ने अवस्था हो । जसमा मुटूको धड्कन पूरा वा आंशीक रुपमा रोकिन्छ । सामान्यतया, मुटूमा रक्तप्रवाह गर्ने धमनीहरुमा हुने अवरोधलाई यसको मुख्य कारण मानिन्छ र रोकावट भएका धमनीहरुलाई ‘स्टेन्ट’ र औषधीको प्रयागले उपचार गरिन्छ ।

भारतको हरियाणा स्थित मेदान्त हस्पिटलमा ईण्टरभेन्सनल कार्डियालोजी विभागका उपाध्यक्षका रुपमा कार्यरत ईण्टरभेन्सनल कार्डियालोजिष्ट डा. रजनिश कपुर यस्तो तथ्य पत्ता लगाएका हुन् ।

उनको अध्ययन अनुसार ‘एक्युट मायोकार्डियल इन्फ्रयाक्सन’का चार प्रतिशत मामिलाहरुमा कोरोनरी धमनीहरुमा कुनै प्रकारका अवरोध नभएको पाईयो । यसकारण, त्यस्ता मुटूरोगीहरुको उपचारमा ‘स्टेन्ट’को प्रयोग गर्न नपर्नुका साथै जीवनभर सेवन गर्नुपर्ने औषधीहरु लिनुनपर्ने देखियो ।

अध्ययनका लागी डा. रजनिश कपुरले सन् २०१६ देखि सन् २०१८ सम्म उपचार गरेका एकहजार पच्चिस जना हृदयघात पिडीतहरुको उपचारका रेकर्ड छनौट गरी विश्लेषण गरिएको थियो ।

मुटूरोगीहरुमध्ये ७६ प्रतिशत पुरुष थिए भने २४ प्रतिशत महिला । त्यसैगरी, ३४ प्रतिशत ४० वर्ष उमेर मुनिका थिए भने २ प्रतिशत ३० वर्ष भन्दा कम उमेरका थिए । जनसांख्यिकीय वर्गिकरण अनुसार अध्ययन गरिएका मुटूरोगीहरुमध्ये ५ प्रतिशत नेपाली, ९० प्रतिशत भारतीय र ३ प्रतिशत साउदी अरेबीयाली, बङ्लादेशी र श्रीलङ्काली थिए ।

अध्ययन गरिएका मुटूरोगीहरुलाई ओसीटी नामक अत्याधुनिक डायगोनोष्टिक प्रविधीद्वारा उपचार गरिएको थियो । यो प्रविधी रोगीहरुको सटिकतापूवर्क उपचार गर्न उनीहरुका शरिरका आन्तरीक संरचनाको त्रि–आयामी (थ्रि–डायमेन्सनल) स्क्यानीङका लागी प्रयोग गरिन्छ ।

जुन केहि अवस्थामा जीवन रक्षक समेत हुने गर्दछ । डा. रजनिश कपुर ओसीटी प्रविधी प्रयोगमा सबैभन्दा अनुभवी भारतीय ईण्टरभेन्सनल कार्डियालोजिष्ट मध्ये एक हुन् ।

अध्ययन गरिएकामध्ये ४ प्रतिशत हृदयघात पिडीतहरुका धमनीहरुमा कुनै प्रकारको अवरोध भएको थिएन । यस्तो अवस्थालाई ‘मायोकार्डियल ईन्फ्राक्सन विथ ननअब्सट्रक्टिभ कोरोनरी आर्टरीज’ (MINOCA) भनिन्छ । प्राप्त जनकारी अनुसार ईन्फ्लामेसन र भासोस्पाजम हृदयघातका कारण थिए । यसअनुसार, ९० प्रतिशत MINOCA केसहरु महिला र युवा उमेरका मुटूरोगीहरुमा देखिएका थिए ।

‘प्रायजसो, एन्जियोग्राफी गर्दा धमनीहरुमा अवरोध नदेखीएको खण्डमा विरामीलाई थप उपचार नगरी घर पठाईन्छ । यसले गर्दा विरामीहरुको समस्याको पूर्ण डायगनोसीस हुन पाउँदैन,’ डा. कपुर भन्छन्, ‘जसको कारण उनीहरुको उपचार हुँदैन र अर्को समस्याको जोखीम बढ्ने गर्दछ । ईण्टरभेन्सनल कार्डियालोजिका अत्याधुनिक अभ्यासहरुले हामीलाई मुटूरोगीहरुले भोगीरहेका समस्या बुझ्न, प्रत्येक रोगीलाई रोगअनुसारका उपचार प्रदान गर्न एवं रोकथामका उपाय पहिल्याउन र उपचारका नतिजाहरुमा सुधार हासील गर्न सहयोग गर्दछन् ।’

डा. कपुरका अनुसार नेपाली मुटूरोगीहरुमध्ये ९८% ले नियमीत रुपमा सुर्तिजन्य पदार्थ सेवन गरेको पाईएको छ । विभिन्न अध्ययनहरुमा नेपालमा सुर्तिजन्य पदार्थको सेवन सन् २०२५ मा २५% पुग्ने र सन् २०५० मा ४०% सम्म पुग्ने अनुमान गरिएका छन् ।

यसले गर्दा आगामी केहि वर्षमा लार्खौ नेपालीहरु हृदयघातको जोखीममा पर्ने देखिन्छ । त्यसबाहेक, मध्यपान, अतितनाव (हाईपरटेन्सन), तनाव (स्ट्रेस), शारिरीक निष्क्रियता, पेटमा लाग्ने बोसो र मधुमेह हृदयघात गराउने अन्य जोखीम हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here