कोरोना महामारीमा सुरक्षित तरिकाबाट निर्माण आयोजनालाई निरन्तरता दिंदै एसियाली विकास बैंक

काठमाडौं, १६ असोज । कोभिड १९ महामारीले विकास आयोजना प्रभावित भईरहेका बेला एसियाली विकास बैंक (एडिबी) को सहयोगमा संचालित सबै विकास परियोजनाहरुमा निर्माणकार्य निर्वाध रुपमा अगाडि बढिरहेको छ ।

कार्यस्थलमा निर्माणकार्य संचालन गर्दा कोभिड—१९ जोखिम व्यवस्थापनका लागि सञ्चालन मापदण्ड (एसओपी) लागु गरेर विकास परियोजनालाई अगाडि बढाईएको बैंकले बताएको छ ।

बैंकले आफ्ना सत्प्रतिशत लगानी रहेका विकास परियोजनामा यो एसओपी लागू गरेर निर्माण कार्यलाई अगाडि बढाएकोे हो ।
एसओपी लागू गर्दा विकास परियोजनालाई निरन्तरता दिन सहज र सुरक्षित भएको पनि एडिबीले जनाएको छ । यसरी बनेको एसओपी अन्तर्राष्ट्रिय उत्तम अभ्यास तथा बिभित्र अन्तर्राष्ट्रिय स्वास्थ्य तथा बिकाससंग सम्बन्धित संस्थाहरुले जारी गरेका निर्देशिकाहरुलाई पालन गरी बनाईएको हो ।

कोभिड १९ जोखिमका कारण अहिलेसम्म पनि अन्य स्रोतहरुबाट संचालित धेरै विकास परियोजनाहरु अगाडि बढ्न सकिरहेका छैनन् । एडिबीले अन्तरर्राष्ट्रिय उत्तम अभ्यासहरु अवलम्बन गर्दै कार्य शुरु गर्दा पालना गर्नुपर्ने एसओपी बनाएर गत बैसाखदेखि नै लागु गर्न आयोजना कार्यान्वयन निकायहरुलाई परिपत्र गरेको थियो ।

चैतमा बन्दाबन्दी सुरु भएपछि कोडिभका कारण विकास आयोजना प्रभावित हुने भन्दै सुरक्षाका मापदण्ड अपनाएर परियोजना कार्यान्वयनलाई अगाडि बढाईएको बैंकले जनाएको छ ।

कोभिड जोखिम व्यवस्थापनसम्बन्धी सरकार तथा विश्व स्वास्थ्य संगठन, अन्तरराष्ट्रिय श्रम संगठन, अन्तरराष्ट्रिय वित्त संगठन जस्ता निकायले तोकेका मापदण्डहरु अपनाई रोकिएका काम सुचारु गर्न एडिबीले बैसाखदेखि नै आयोजना कार्यान्वयन निकायलाई परिपत्र गरेको तथा अभिमुखीकरण तथा परामर्श दिएको एडिबीका वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहले बताए ।

एसओपीमा निर्माण कार्य शुरु गर्दा व्यवस्था गर्नुपर्ने मूख्य दुई क्षेत्रहरु कार्यस्थलको व्यवस्थापन र कर्मचारीहरुको जनस्वास्थ्यको व्यवस्थापनका विषयमा पालना गरिनुपर्ने व्यवस्थाहरु स्पष्ट रुपमा दिइएको बैंकले जनाएको छ ।

निर्माण व्यवसायीको कार्यालय व्यवस्थापनमा कार्यालय क्षेत्रको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन, कोभिड संक्रमण रोकथामका लागि कर्मचारीले पालना गर्ने व्यतिmगत अभ्यासहरु पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन शुरु गरिएको थियो ।

त्यसक्रममा भौतिक दुरी, व्यतिmगत व्यवहार, बैठकमा भाग लिदा गर्नुपर्ने नियम, निर्माण क्षेत्रमा जाँदा अपनाउनु पर्ने उपाय स्पष्ट रुपमा जानकारी गराइएको थियो ।

त्यसैगरी निर्माण कार्य सुचारु गर्दा अपनाईने कार्यविधिहरुमा काम सुरु गर्नु अघि कामदारको व्यवस्थापन, प्रवेशद्घारमा सुरक्षा व्यवस्था, कामदारलाई निर्माण क्षेत्रबाट बाहिर जान निषेध, प्लान्ट र मेसिनरीको निर्मलिकरण, सामान लोड–अनलोड गर्ने तरिका, पीपीईको प्रयोग एवं कामदारहरुको बस्ने शिविर (क्याम्प) को उचित व्यवस्थापन गरिएको सिंहले बताए ।

आतकालीन प्रोटोकलतर्फ आकस्मिक उपचारको तयारी, संक्रमणयुक्त केसमा आकस्मिक प्रोटोकल एवं क्वाराईण्टाईनको व्यवस्था पनि आयोजनाहरुमा गरिएको छ ।

एसओपीको उद्देश्य भनेको नै भाईरस संक्रमणबाट बच्न रोकथाम, संक््रm्रमण परिक्षण तथा आपत्कालिन प्रकृयाको प्रणालीगत व्यवस्था गर्नु रहेको एडिबीले जनाएको छ ।

कार्यक्रममा एडिबीका देशिय निर्देशक मुख्तोर खामुदखानोभले परियोजना साइटहरूमा कामदारहरूको सुरक्षा सुनिश्चित गर्न एसओपीले महत्वपूर्ण भूमिका खेलेको बताए ।

“सरकारले सुरक्षित भएर काम गर्नुहोस त भनेको थियो तर परियोजनाका कसरी काम गर्ने भन्ने प्राक्टिकल विषयबारे केही भनिएको थिएन् । एसओपीको खाँचो थियो । यो एउटा राम्रो सुरुवात हो,” पुर्व अर्थसचिव सुमन शर्माले भने ।

एडिबीले बनाएको एसओपी कार्यान्वयनमा समेत आईसकेको र त्यसको प्रभाव प्रोजेक्ट क्षेत्रमा समेत देखिएको एसओपी कार्यान्वन गरेका परियोजनाको अनुभवले देखाएको भन्दै यसले यसले सकारात्मक सन्देश दिएको उनले बताए ।

कोभिड १९ ले विश्वसहित नेपालको अर्थतन्त्रमा पारेको प्रभाव पारेको यसले वेरोजगारीको संख्या बढाएको, एवं वैदेशिक रोजगारीबाट फर्किको भन्दै स्वदेशमै रोजगारी दिने व्यवस्थाका लागि पहल आवश्यक भएको बताए ।

“निर्माण आयोजनामा हामीले बाहिरबाट कामदार ल्याउने, हाम्रा जनशक्ति विदेश जानुपर्ने स्थितीलाई हटाउनु सक्छु पर्छ । त्यसका लागि एडिबी जस्ता संस्थाहरुले पनि सहयोग गर्नुपर्ने देखिन्छ,” उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here