‘मेरो शेयर’ युजर प्रोफाइल परिर्वतन गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । शेयर बजारमा लागानीकर्ताको आर्कषण बढ्दो अवस्थामा रहेको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले प्रयोगमा ल्याएको पूर्ण स्वचालित अनलाइन प्रणाली प्रयोगमा आएसँगै पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन थालेको हो ।

जसले गर्दा अहिले पुँजी बजारमा अनलाइन प्रयोगकर्ता बढेका छन्। अहिले सबै सुविधा अनलाइनबाट नै पाइने छ पहिलाको जस्तो ब्रोकर, बैकमा भिडभाड गर्नुपर्ने अवस्था छैन् । जसलाई सहज भने मेरो शेयरले बनाएको छ भने त्यसपछिको सहज माध्यम भनेको टीएमएस रहेको छ ।

डिम्याट खाता खोलिएको डीपी सेवा प्रदायकलाई वार्षिक शुल्क रु. ५० तिरेर ‘मेरो शेयर’ को सुविधाका लागि पासवर्ड र युजर आईडी पाउन सकिन्छ । यसका लागि पनि आफ्नै इमेल ठेगाना हुनुपर्छ ।

मेरो शेयर लिएपछि सबैको ध्यान आफ्नो युजरमा नै गएको हुन्छ । युजरमा गएर पासवर्ड चेन्ज, पिन नम्बर परिर्वतन लगायतका कामहरु गर्न सकिन्छ ।

सर्वप्रथम ‘मेरो शेयर’ पोर्टलमा लगइन गर्नुपर्छ । लगइन खोलिसकेपछि दायाँ साइडको माथिल्लो कुनामा पासपोर्ट साइजको मानव आकृति तपाइले देख्न सक्नुहुन्छ । सो आकृतिमा क्लिक गर्नुहोस् ।

क्लिक गरिसकेपछि तपाइको नाम र त्यसैमुनि मेरो सेयर प्रोफाइल अंग्रेजीमा ठूला अल्फाबेटमा देख्नुहुनेछ । सोही मेरो सेयर प्रोफाइलमा अब क्लिक गर्नुहोस् । प्रोफाइलभित्र आफ्नै प्रोफाइल, चेन्ज पासवर्ड, चेन्ज ट्रान्जेक्सन पिन र एक्टिभिटी लगका ४ अप्सन देख्न सक्नुहुन्छ ।

त्यसमा मेरो शेयरको प्रफाइलमा ग्रहकको मेरो शेयर खाता सम्बन्धि विवरण जस्तै मेरो शेयर खाता खोलिएको मिति, अन्तिम पटक रिन्यु भएको मिति, सकिने मिति देखिन्छ ।

तपाईले पिन कोड भुल्नु भएको छ भने चेन्ज ट्रान्जेक्सन पिनमा गई क्लिक गर्नुहोस् । यसपछि ३ वटा बक्स देखिनेछन् । पहिलो बक्समा पासवर्ड, न्यू ट्रान्जेक्सन पिन र कन्फर्म ट्रान्जेक्सनका ३ वटा बक्स क्रमशः भर्दै जानुहोस् ।

पहिलो बक्समा पासवर्ड भन्नाले तपाइले ‘मेरो शेयर’ पोर्टलको अग्रभागमा हाल्नुभएको पासवर्ड अर्थात् ‘मेरो शेयर’ लगइन गर्दा प्रयोग गर्दै आइरहनु भएको पासवर्ड नै राख्नुहोस् ।

अब दोस्रो बक्समा गई तपाइले नयाँ ट्रान्जेक्सन पिन हाल्नुपर्छ र तेस्रो बक्समा पनि अघि दोस्रो बक्समा राख्नु भएकै नयाँ ट्रान्जेक्सन पिन राख्नुहोस् । अनि चेन्ज ट्रान्जेक्सन पिनमा क्लिक गरेपछि तपाइको पिन रिसेट अर्थात् नयाँ पिन सेट हुन्छ ।

अब भने सो पिन कसैलाई पनि नभन्नुहोस् र सो पिन भविष्यमा पनि प्रयोग गर्नुपर्ने भएका कारण सुरक्षित साथ राख्नुपर्छ । त्यहि पिन नै आइपीओ भर्दा अनिवार्य रुपमा प्रयोग गर्नु पर्नेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here