अब कालीमाटी तरकारी बजारमा किसानको छुट्टै स्टल, मूल्य घट्ला ?

जितेन्द्र खनाल

काठमाडौं, ४ चैत । देशकै ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा अब किसानको छुट्टै तरकारी स्टल राखिने भएको छ ।

किसानलाई व्यापारीले उचित मूल्य नदिएको गुनासो बढेपछि किसानको लागि छुट्टै तरकारीको स्टल दिने निर्णय गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

‘किसानहरुले नै बारम्बार माग राखेको कारण किसानलाई सहज पहुँच दिलाउन परीक्षणको रूपमा पहिलो चरणमा ११ वटा स्टल किसानलाई उपलब्ध गराउने निर्णय गरेका छौं’ क्लाउड पत्रिकासँग भने, आवश्यक पर्यो भने यो संख्या बढ्न पनि सक्छ ।

उक्त निर्णय चैत भित्र कार्यान्वयनमा आउने उनको भनाई छ ।

दैनिक २० घण्टा स्टल राख्न पाउने

सूचना अधिकारी श्रेष्ठका अनुसार किसानले तरकारी बजारमा किसानले दैनिक २० घण्टा आफ्नो तरकारी राख्न पाउनेछन् ।

समितिको निर्णय अनु्सार देशैभरीका किसानले आफ्ना तरकारी राख्न पाउनेछन्, तर यसको लागि दैनिक रुपमा स्टल किन्नु पर्नेछ । ‘स्टल जो किसान पहिला आउँछ उसले पाउँछ उनले भने’ ।

थोरै स्थानमा तरकारी लगाउने किसान धेरै भएको कारण उनीहरुले दैनिक रुपमा तरकारी ल्याउन असम्भव हुने भएको कारण हप्ता महिनाको लागि भन्दापनि दिनदिनै स्टल किन्नपर्ने व्यवस्था बनाएको श्रेष्ठको भनाई छ ।

‘सधैँ एउटै किसानको उत्पादन हुँदैन। अघिल्लो दिन आएको किसानको एक-दुई दिन सामान हुँदैन, त्यो बेला अरू किसानले पालो पाउँछन्।’

२ टनसम्मको शुल्क प्रतिदिन ५ सय

कालीमाटीमा तरकारीको स्टल राख्न चाहने किसानले २ टन सम्मको तरकरीको शुल्क प्रतिदिन ५ सय रुपैयाँ दिने व्यवस्था रहेको छ ।

२ टनभन्दा धेरै तरकारी भएको अवस्थामा प्रतिकेजी २० पैसाको दरले मूल्य बढ्दै जाने श्रेष्ठले बताए ।

तरकरीको मूल्य घट्ला ?

किसानको आफ्नै छुट्टै स्टल भएपछि बिचौलियाहरुले बढाएको मूल्य हट्ने भएको कारण तरकारीको मूल्यमा कमी आउन सक्ने कालीमाटी तरकारी बजारका सूचना अधिकारी श्रेष्ठले बताए ।

किसानको आफ्नो छुट्टै तरकारी स्टल भएपछि तरकारीको मूल्य कम हुने कुराको अनुमान गर्न सकिन्छ । बिचौलियाको कमिसन घट्छ, श्रेष्ठले क्लाउड पत्रिकासँग भने ।

‘यसले व्यवसायीलाई पनि दबाब दिन्छ, कम मूल्य भएका किसानका तरकारी बढी बिक्न थालेपछि व्यापारी पनि तरकारीको मूल्य घटाउन बाध्य हुन्छन् ।’ यसअघि व्यापारीहरूले किसानबाट तरकारी खरिद गरी सो बजारको स्टलबाट बिक्री वितरण गर्दै आएका थिए।

कालीमाटी तरकारी बजारको ४५ रोपनी क्षेत्रफलमा हाल ५ सय १५ वटा खुद्रा र थोक स्टलमा व्यापारीहरुले तरकारीको व्यापार गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here