डिम्याट खोल्नेमध्ये २० प्रतिशतले मात्र गर्छन् शेयर कारोबार

काठमाडौं । पछिल्लो समय शेयर बजारप्रति आकर्षित हुनेको संख्या पनि बढ्दै गएको छ । प्राथमिक बजार (आइपीओ भर्नेको संख्या) ह्वात्तै बढेसँगै दोस्रो बजार (शेयर किनबेच) गर्नेको संख्या पनि ह्वात्तै बढेको हो ।

सीडीएससीका अनुसार आइपीओ भर्न डिम्याट खाता खोलेका मध्ये करिब २० प्रतिशलेले मात्र कारोबार गर्ने गरेका छन् । डिम्याट खाता खोल्नेको संख्या ३३ लाख नजिक भएपनि सक्रिय भने १८ लाख रहेका छन् ।

पछिल्लो समय खुलेको आइपीओमा १८ लाखले आवेदन दिने गरेका छन् । नेप्सेले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार चैत ६ गतेसम्म कतिले लिए टीएमएस कारोबार गर्ने कुल लगानीकर्ताको संख्या ६ लाख २७ हजार ६६२ पुगेको छ । यो कुल डिम्याट खोल्नेको करिब २० प्रतिशत हो ।

दोस्रो बजारमा शेयर कारोबार गर्ने कुल लगानीकर्तामध्ये अनलाइन कारोबार (टीएमएस) प्रयोग गर्नेको संख्या ५ लाख पुगेको छ । नेप्सेका अनुसार अहिलेसम्म टीएमएस युजर आइडी र पासवर्ड लिने (अनलाइन प्रयोगकता)को संख्या ४ लाख ९९ हजार ६९३ पुगेको छ ।

गत वर्षको असार ३० गतेसम्म कुल अनलाइन प्रयोगकर्ताको संख्या ३३ हजार ४२९ रहेकोमा साउनदेखि यता ४ लाख ७० हजारले अनलाइन प्रयोगकर्ता थपिएका छन् ।

नेप्सेका अनुसार अहिले पनि २ लाख ४३ हजार ३४८ जनाले अफलाइन (ब्रोकर कार्यालयमार्फत नै शेयर किनबेच गर्दै आएका छन् ।

पछिल्लो समय नेप्सेले अनलाइनबाटै युजर आइडी र पासवर्ड लिन सकिने व्यवस्था गर्दिएसँगै अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो ।

यस्तै, ब्रेकर कार्यालयहरुले पनि अनलाइन प्रणालीबाटै टीएएमएसको युजर नेम र पासवर्ड सहजै उपलब्ध गराउन थालेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् ।

टीएमएसको पूरा रुप हो, ट्रेड म्यानेजमेन्ट सिस्टम । यो अनलाइनबाट शेयर कारोबार गर्नका लागि प्रयोग गरिन्छ ।

परम्परागत रुपमा ब्रोकर कार्यालयमा गएर मौखिक वा लिखितरुपमा शेयर खरिद वा बिक्रीको आदेश दिएपछि मात्रै शेयर कारोबार हुन्थ्यो । तर टीएमएस आइसकेपछि यो सेवा लिएका लगानीकर्ताले ब्रोकर कार्यालय धाउनु पर्ने बाध्यता छैन ।

लगानीकर्ताले घर, कार्यालय वा आफू बसेकै ठाउँबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायतका डिभाइसमा लगइन गरी शेयर कारोबार गर्न सक्छन् ।

सम्बन्धित समाचार ।

शेयर बजारमा लगानी गर्दा के-के कुरामा ध्यान दिने ?

शेयर कारोबार गर्न कसरी खोल्ने टीएमएस, यस्तो छ सहज प्रक्रिया

शेयर कारोबार गर्न टीएमएस खोल्ने प्रक्रिया पूरा भईसकेपछि इमेल नआए के गर्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here